Skip to main content

नयाँ तृष्णा

चारआली जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइँदै

[adsforwp id="2511"]

झापा । झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो ।

डिभिजन वन कार्यालयले पटक पटक दिएको सूचनालाई बेवास्ता गरेपछि भोलि भत्काइने डिभिजन प्रमुख मेघराज राईले बताए ।

प्रगति सामुदायिक वनमा अतिक्रमण गरी २४ वटा घुम्ती र टहरा बनाइएको छ । वन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न व्यक्तिहरुले त्यहाँ व्यापार व्यवसाय गर्दै आएका छन् ।

गत असारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले हटाउने निर्णय गर्दै पहिलो सूचना जारी गरेको थियो । त्यसपछि दोस्रो पटक एक महिने सूचना जारी भएको थियो । त्यस अवधिभित्र पनि नभत्काएपछि गत माघ २४ गते ७ दिने तेस्रो तथा अन्तिम पटक सूचना जारी गरिएको थियो ।

घर भत्काउनुअघि डिभिजन वन कार्यालयले केही दिनदेखि माइकिङ गरिरहेको डिभिजन प्रमुख राईले जानकारी दिए । ‘ पटक पटकको आग्रहलाई बेवास्ता गरी अटेर गरेपछि वन क्षेत्र खाली गराउने निर्णय गरेका छौं’ डिभिजन प्रमुख राईले भने,‘ भोलि नै त्यो ठाउँ खाली गराउँदै छौं ।’

प्रगति सामुदायिक वनकै जग्गा अतिक्रमण गरी पाउ पाथीभरा मन्दिर र किरातहरुको धार्मिक स्थल बनाइएको छ । ती धार्मिक स्थलहरुको सम्बन्धमा कार्ययोजना बनाई केही आम्दानी वन उपभोक्ता समितिलाई दिनुपर्ने निर्णय गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...