Skip to main content

नयाँ तृष्णा

दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

[adsforwp id="2511"]

काठमाडौँ। प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो।

उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले बताए। पक्राउ परेका भारतीयबाट १२ थान ल्यापटप, १२ थान मोबाइल, क्यालकुलेटर ७ थान र हिसाब-किताबको अभिलेख राखिएको १३३ पाना र डायरी तीन थान बरामद भएको अधिकारीले बताए।

पक्राउ परेकालाई मंगलबार अनलाइन जुवा खेल्न/खेलाउन नपाइने कसुरमा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको अधिकारीले बताए।

सोमबारै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानीलकण्ठबाटै डेढ अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीयलाई पक्राउ गरेको थियो। यसअघि तीन अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा परिसरले बुढानीलकण्ठको घरमा छापा मारेर भारतीय र नेपाली पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...