नयाँ तृष्णा

राप्रपा निकट विद्यार्थी संगठनको झापा अध्यक्षमा सुनिल धिमाल चयन

राप्रपा निकट विद्यार्थी संगठनको झापा अध्यक्षमा सुनिल धिमाल चयन

राप्रपा निकट विद्यार्थी संगठनको झापा अध्यक्षमा सुनिल धिमाल चयन

१९ आश्विन, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अध्यक्षमा सुनिल धिमाल सर्वसम्मत चयन भएका छन्। शनिबार  झापाको मेचीनगरमा आयोजित झापा जिल्ला अधिवेशनले ३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा जारी जिल्ला अधिवेशनले धिमालको नेतृत्वमा ९ जना पदाधिकारी चयन गरेको छ। जसमा प्रथम उपाध्यक्षमा सुरज शाह, उपाध्यक्ष सागर राई र सारांश ढुंगाना रहेका छन् भने सचिवमा अनिल चौहान, सह- सचिवमा क्रमश: राम शाही ठकुरी र सोफिया खड्का रहेका छन्। त्यस्तै कोषाध्यक्षमा रोशनी सापकोटा तथा सह- कोषाध्यक्षमा प्रज्वल भट्टराई रहेका छन् भने अन्य २४ जना सदस्यहरु…
Read More
चीनमा एक अत्याधुनीक चर्चको उद्घाटन

चीनमा एक अत्याधुनीक चर्चको उद्घाटन

१७ आश्विन , झापा । चीनको फुजाऊ पुजियानमा रहेको चाङ्ले जिल्लाको चेङ्गुआन चर्चले नयाँ एक अत्याधुनीक सुन्दर चर्च भवनको उद्घाटन तथा समर्पण गरेको छ । करिब एक सय वर्ष पुरानो मानिने चर्चको नयाँ भवनको उद्घाटन गरिएको छ । चर्चको उद्घाटन समारोहमा चाङ्ले क्रिस्चियन काउन्सिलका अध्यक्ष र चेङ्गुआन चर्चका पास्टर इन्चार्ज पास्टर लिउ लिजेनले सञ्चालन गर्नुभएको बताइएको छ । चर्च उद्घाटन समारोहमा जब घण्टी बज्यो र मण्डली “होली, होली, होली” गाउन थाले । संगीत झुण्डले परमेश्वरको आराधना गरेर ५० भन्दा बढी पास्टरहरु उद्घाटन समारोहमा भित्र पसेको कुरा उल्लेख गरिएको छ । चीनमा लामो समयदेखि पास्टरीय सेवाकाई गरीरहेका पास्टरहरुले परमेश्वरको बचनबाट उद्घाटनमा प्रचार…
Read More
सम्पन्न भयो : नेपाल बप्तिस चर्च परिषद काेशी  प्रदेश सभाकाे  साताै अधिवेशन

सम्पन्न भयो : नेपाल बप्तिस चर्च परिषद काेशी प्रदेश सभाकाे साताै अधिवेशन

राजु चाम्लिङ, १७ आश्विन, झापा । नेपाल बप्तिस चर्च परिषद कोशी प्रदेश सभाको सातौ अधिवेशन धरान १७ स्थित होशन्ना बप्तिस चर्च भवनमा सम्पन्न भएको छ । असोज १५ देखि १७ गते सम्म सञ्चालित अधिवेशनमा परिषद अध्यक्ष महेन्द्रजङ्ग साम्पाङको प्रमुख आतित्थ्यता,तथा परिषदका महासचिव दयानन्द कडरिया,कोषाध्यक्ष टिकाराज राईको बिशिष्ठ आतित्थ्यता रहेको थियोे । सभामा बिश्वब्यापी चर्च भित्र चेलापन निर्माण अभियानका अन्तर्राष्ट्रिय अभियन्ता डा डू मन स ले प्रजनन मार्फत चेलापन बिषयक पुस्तिकाद्वारा सुसमाचार प्रचारका शैद्वान्तिक तथा व्यावहारिक ज्ञान प्रति प्रशिक्षण दिनु भएको थियो । कोशी प्रदेश भित्रका ओखलढुङ्गा र सोलुखुम्बु बाहेकका सबै जिल्लाहरूबाट ३०० भन्दा अधिक प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालित अधिवेशनमा प्रदेश अध्यक्ष…
Read More
जनजागरण पार्टी नेपालले लेखापरिक्षण प्रतिवेदन गरे सार्वजनिक

जनजागरण पार्टी नेपालले लेखापरिक्षण प्रतिवेदन गरे सार्वजनिक

१७ आश्विन , काठमाडौं । जनजागरण पार्टी नेपालको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण सार्वजनिक गरेको छ । पार्टीले २०८०/८१ मा आर्थिक पारदर्शितालाई चुस्त दुरुस्त बनाउन तथा आम नागरिकमा पार्टीको आर्थिक गतिविधी के कस्ता भए भनेर थाहा गर्न आधिकारिक लेखापरिक्षकको संस्थाबाट लेखापरिक्षण गरिइएको हो । आ.व. २०८०/८१ को आय - व्याय विवरण र सो विवरण साथ विल भर्पाइहरु , खाता , बैंक विवरण लगायतका प्रमाण कागजतहरु पेश गरि उपलब्ध श्रेस्ताको प्रचलित कानून तथा लेखापरिक्षण सिदान्त अनुसार लेखापरिक्षण गरि लेखापरिक्षणबाट ८ पाना को लेखापरिक्षण प्रतिवेदन संग्लन साथ पेश गरि सोम एण्ड एसोसिएट्स लेखापरिक्षक सोम वहादुर बस्नेत दर्तावाला लेखापरिक्षक बानेश्वर काठमाणडौंबाट लेखापरिक्षण गराइएको…
Read More
सामुदायिक वन स्तरीय फुटल : मागुमाडी र पाँचपोखरी विजयी

सामुदायिक वन स्तरीय फुटल : मागुमाडी र पाँचपोखरी विजयी

बाहुण्डाँगी । मेचीनगर ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा मागुमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन विजय भएका छन् । पहिलो खेलमा मागुरमाडीले प्रगती सामुदायिक वनलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । जितका लागि गुन्जन चापागाई र एसन लिम्बूले एक एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बासु तिम्सिना भए । उनलाई चन्द्र दासले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा पाँचपोखरीले हातेमालो सामुदायिक वनलाई २–० को…
Read More
भोलि सरकारले दिए सार्वजनिक बिदा

भोलि सरकारले दिए सार्वजनिक बिदा

१६ आश्विन, काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । भोलि दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले सार्वजनिक बिदा दिएकाे हो । सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुने छन् ।
Read More
अखिल क्रान्तिकारीको बन्दसत्र फेरि स्थगित, सम्मेलन हलमा तोडफोड

अखिल क्रान्तिकारीको बन्दसत्र फेरि स्थगित, सम्मेलन हलमा तोडफोड

१६ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन हलमा तोडफोड गरिएको छ । बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि तोडफोड गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा १० असोजदेखि सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादले प्रभावित बनेको छ । बिहीबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएको सम्मेलनमा सहभागीले जानकारी गराए । विवाद समाधान गरेर भोलि उमेर हदका लागि मतदान हुने विघटित कमिटीकी अध्यक्ष पञ्चा सिंहले जानकारी गराइन् । कार्यालयको बैठक बसेर समाधान निकालिने उनले बताइन्…
Read More
नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्

१४ आश्विन, बरदुबई स्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा अध्यक्ष बिक्रम पंधाक लिम्बु ज्युको सभापतित्वमा पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका संरक्षक सदस्य प्रमोद श्रेष्ठ ज्यु र बिशेष अतिथिहरुमा नेफिन युएईका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु,आबद्ध जातिय संस्थाका अध्यक्ष ज्युहरु, आमन्त्रित अतिथिहरु पुर्व कार्यसमिति पदाधिकारी ज्युहरु, मिस्टर एण्ड मिस इन्डीजिनस २०२४ बिजेताहरु, पत्रकार, कलाकार र अन्य अतिथिहरुको भब्य उपस्थिति रहेको थियो। स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि मोक्तान ज्युबाट, २०२३-२०२४ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुरेन तामाङ र सहकोषाध्यक्ष शभुमी लिम्बु यम्भामी, नेफिन युएई द्वारा सञ्चालित उद्धार तथा राहत कोषको आर्थिक बिवरण संयोजक बबिता रास्कोटी…
Read More
जैतुन छाँया सफलताको धन्यवाद कार्यक्रम, दर्शन सुतेर देख्ने कुरा होइन, देखेर सुत्नै नसक्ने हो : पास्टर नामूल राई

जैतुन छाँया सफलताको धन्यवाद कार्यक्रम, दर्शन सुतेर देख्ने कुरा होइन, देखेर सुत्नै नसक्ने हो : पास्टर नामूल राई

होमराज राई, १४ आश्विन, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जैतुन छाँया सिजन ३ एपिसोड २ सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद कार्यक्रम गरेको छ । गत असोज ३ गते पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा सम्पन्न जेैतुन छाँया सिजन ३ एपिसोड २ मा भब्य दर्शकको उत्साहजनक उपस्थिति रहेको कार्यक्रम सफलताको लागि जुटेका सहयोगीदाता, सम्पूर्ण ईसाई समाज, सञ्चारकर्मी, स्वयंसेवक लगायतले पुर्याएको योगदानको सम्मान गर्दै आयोजक समितिले धन्यबाद ज्ञापन गरेको हो । जेतुन छाँया सिजन ३, एपिसाेड २ सफलताको धन्यवाद कार्यक्रमका प्रमुख बक्ता पास्टर नामूएल राईले बुद्धिमानहरु, पैसावालहरु र दर्शन देख्नेहरु आउछन् , तर सबै कुरा छाेडाेर दर्शन लिएर आउनेहरुसँग…
Read More
कमल गाउँपालिका ईसाईको अधिवेशनबाट पास्टर प्रताप बिश्वकर्मा अध्यक्षमा निर्वाचित

कमल गाउँपालिका ईसाईको अधिवेशनबाट पास्टर प्रताप बिश्वकर्मा अध्यक्षमा निर्वाचित

१४ आश्विन, बिर बहादुर तामाङ, झापा । कमल गाउँपालिका ईसाई समाजको ९ ओैं अधिवेशन तथा १९ औं वार्षिक साधारणसभा केर्खा स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। आईतबार सम्पन्न साधारणसभामा कमल गाउँ पालिका ईसाई समाजको अध्यक्ष रेभ.जोन मूर्मुको सभाअध्यक्षता तथा झापा जिल्ला ईसाई समाजका अध्यक्ष रेभरेण्ड अमरदिप आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे । उक्त अधिवेशनमा कमल समाजका अध्यक्ष मूर्मुको प्रार्थनाद्वारा शुरू भएको कार्यक्रममा झापा जिल्ला ईसाई समाज, छिमेकी ईसाई समाज चुलाचुली र स्थानीय इलाका समाज गरी करिब ९० जनाको उपस्थिति रहेको थियो । अधिवेशनमा आतिथिमा चुलाचुली ईसाई समाजबाट पा गोपाल श्रेष्ठ र दमक नगर ईसाई समाजबाट पत्रकार तथा पास्टर…
Read More