Skip to main content

नयाँ तृष्णा

सामुदायिक वन स्तरीय फुटल : मागुमाडी र पाँचपोखरी विजयी

Advertisement

बाहुण्डाँगी । मेचीनगर ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् ।

प्रतियोगितामा मागुमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन विजय भएका छन् । पहिलो खेलमा मागुरमाडीले प्रगती सामुदायिक वनलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

जितका लागि गुन्जन चापागाई र एसन लिम्बूले एक एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बासु तिम्सिना भए । उनलाई चन्द्र दासले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो ।

यसैगरी दोस्रो खेलमा पाँचपोखरीले हातेमालो सामुदायिक वनलाई २–० को गोल अन्तरले जित निकालेको थियो । जितका लागि पाँचपोखरीका बिमल तोलाङ्गी र विवेक राजवंशीले एक एक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच पाँचपोखरीका विमल तोलाङ्गी भए । उनले रमेश भट्टराईले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो ।

बुधवारको खेल चन्द्रगढी सामुदायिक वन र जामुखाडी सामुदायिक वन तथा दास्रो खेल इरौटार सामुदायिक वन इलाम र थोप्लेविरान सामुदायिक वन मेचीनगर बिच हुने जागृति युवा परिवारका सचिव अर्पण बलम्पाकी मगरले बताए । २४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ६० हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र पाउने छने भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले समेत नगद र ट्रफी पाउने बहुवन सामुदायिक वनका सचिव सन्जु कार्की मगरले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...