Skip to main content

नयाँ तृष्णा

अखिल क्रान्तिकारीको बन्दसत्र फेरि स्थगित, सम्मेलन हलमा तोडफोड

Advertisement

१६ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन हलमा तोडफोड गरिएको छ । बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि तोडफोड गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा १० असोजदेखि सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादले प्रभावित बनेको छ ।

बिहीबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएको सम्मेलनमा सहभागीले जानकारी गराए । विवाद समाधान गरेर भोलि उमेर हदका लागि मतदान हुने विघटित कमिटीकी अध्यक्ष पञ्चा सिंहले जानकारी गराइन् । कार्यालयको बैठक बसेर समाधान निकालिने उनले बताइन् । अध्यक्ष सिंहले भनिन्, ‘उमेर हदका लागि मतदान अनिवार्य नै छ । तर, यसका प्रावधानहरुका बारेमा साथीहरुका केही विमतिहरु छन् । मिलाएर लान्छौं ।’

पार्टी अध्यक्ष प्रचण्डसमेतको छलफलबाट अखिल क्रान्तिकारीका नेताहरुले उमेर हद लगाउने कि नलगाउने भन्ने विषय मतदानबाट टुंगो लगाउने र त्यसपछि नेतृत्व चयनका लागि मतदान गर्ने समझदारी गरेका थिए । तर केही पदाधिकारीहरु नै उमेर हद लगाउने कुरामा सहमत हुन नसकेपछि बन्दसत्र प्रभावित हुँदै आएको छ ।

बन्दसत्र छिटो सुरु गर्न माग गर्दै प्रतिनिधिहरुले हलभित्र प्रदर्शन र तोडफोड गरेका छन् । यही विवादका क्रममा दुई दिन अघि खुकुरी बोकेका एक व्यक्ति सम्मेलन हलमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...