नयाँ तृष्णा

कमल गाउँपालिका ईसाईको अधिवेशनबाट पास्टर प्रताप बिश्वकर्मा अध्यक्षमा निर्वाचित

Advertisement

१४ आश्विन,

बिर बहादुर तामाङ,

झापा । कमल गाउँपालिका ईसाई समाजको ९ ओैं अधिवेशन तथा १९ औं वार्षिक साधारणसभा केर्खा स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। आईतबार सम्पन्न साधारणसभामा कमल गाउँ पालिका ईसाई समाजको अध्यक्ष रेभ.जोन मूर्मुको सभाअध्यक्षता तथा झापा जिल्ला ईसाई समाजका अध्यक्ष रेभरेण्ड अमरदिप आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।

उक्त अधिवेशनमा कमल समाजका अध्यक्ष मूर्मुको प्रार्थनाद्वारा शुरू भएको कार्यक्रममा झापा जिल्ला ईसाई समाज, छिमेकी ईसाई समाज चुलाचुली र स्थानीय इलाका समाज गरी करिब ९० जनाको उपस्थिति रहेको थियो ।

अधिवेशनमा आतिथिमा चुलाचुली ईसाई समाजबाट पा
गोपाल श्रेष्ठ र दमक नगर ईसाई समाजबाट पत्रकार तथा पास्टर डिकेन्द्र बस्नेत रहनु भएको थियो। वर्तमान ईसाई समाजले आफ्नो कार्यकालमा गरेका कार्यविधि पावर पोइन्टबाट अध्यक्ष मुर्मुले प्रस्तुत गरेका थिए भने कार्य प्रतिवेदन समाजका सचिव ए. धिरज राईले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख वक्ता दमक ज्योति चर्चका वरिष्ठ पास्टर रेभरेण्ड एन डि थुलुङले प्रेरित पत्रुसको जीवन बारे प्रष्ट पार्नुभयो ।पत्रुसको बोलावट, जीवनको उतारचढाव र येशूको दोस्रो बोलावट पश्चात पछि फलदायी सेवाकाई हामी पाउँछौँ । सो सेवाकाई हामी जोसुकैले पनि शुरू गर्न सक्छौं तर त्यसको अन्त्य कस्तो किसिमको हुन्छ अनि कस्तो परिणाम आयो भन्ने कुराले फरक पार्ने भन्दै चुनौतीपूर्ण वचन दिनुभएको थियो।

प्रमुख अथिति रहनु भएको आले मगरले आफ्नो मन्तब्यमा कमल गाउँपालिका ईसाई समाज झापा जिल्लाको लागि एक नमूना ईसाई समाज रहेको बताउनु भयो। विगत समय नारी ईसाई समाजको अधिवेसनमा नारी समाजको कार्यबिधि पावर पोइन्टमा प्रस्तुत गरिएको काम अति नै सह्रानीय पाएँ साथै वर्तमान समाजले पनि आफ्नो कार्यबिधि पावर पोइन्टबाट प्रस्तुत गर्न तयार गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै सह्रानीय कामको लागि धन्यबाद र अब आउने नयाँ समितिलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।

विघटन पश्चात अधिवेशनका लागि निर्वाचन मण्डलमा रेभ. थुलुङ र पास्टर गोपाल श्रेष्ठ रहनु भएको थियो। उक्त निर्वाचन मण्डलले सर्वसहमतिको आधारमा नयाँ कार्यसमिति चयन गरेको थियो।

नयाँ कार्यसमितिमा न्यू लाईफ एपोस्टोलिक चर्च मुजुरभिट्टाका पास्टर प्रताप बिकको अध्यक्षतामा ५ सदस्यीय कार्य समिति सर्वसम्मतिले गठन भएको छ। सो समितिको उपाध्यक्षमा पास्टर दुर्गा राजवंशी, सचिवमा पास्टरदीपक राई, कोषध्यक्षमा एल्डर धिरज राई, सहसचिवमा डिकन सागर राई चयन भएका छन।

स्थानीय युवाहरुले गीत संगीतद्वारा सुरवात गरिएको कार्यक्रमको सञ्चालन समाजका उपध्यक्ष पास्टर विक्रम लिम्बुले गर्नु भएको थियो । भने चुलाचुली ईसाई समाजका पूर्व अध्यक्ष पास्टर श्रेष्ठको प्रार्थनाद्वारा अधिवेशन समापन भएको जानकारी समाजका सचिव राईले बताउनु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

आफन्त नेपाल झापा शाखाद्वारा त्रैमासिक प्रगति समीक्षा तथा समन्वयात्मक बैठक सम्पन्न

  मेचीनगर। मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि कार्यरत आफन्त नेपाल झापा शाखाले त्रैमासिक कार्य प्रगति समीक्षा तथा...
अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

अमेरिका-इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की

  ४ असार,                       &nb...
झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

झापामा चार जनाको सवारी लाइसेन्स ‘खारेज’

  झापामा पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने चार जना चालकको सवारी चालक अनुमति–पत्र (लाइसेन्स) निलम्बन (खारेजी) को सिफारिसमा...
श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विन...