नयाँ तृष्णा

कमल गाउँपालिका ईसाईको अधिवेशनबाट पास्टर प्रताप बिश्वकर्मा अध्यक्षमा निर्वाचित

Advertisement

१४ आश्विन,

बिर बहादुर तामाङ,

झापा । कमल गाउँपालिका ईसाई समाजको ९ ओैं अधिवेशन तथा १९ औं वार्षिक साधारणसभा केर्खा स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। आईतबार सम्पन्न साधारणसभामा कमल गाउँ पालिका ईसाई समाजको अध्यक्ष रेभ.जोन मूर्मुको सभाअध्यक्षता तथा झापा जिल्ला ईसाई समाजका अध्यक्ष रेभरेण्ड अमरदिप आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।

उक्त अधिवेशनमा कमल समाजका अध्यक्ष मूर्मुको प्रार्थनाद्वारा शुरू भएको कार्यक्रममा झापा जिल्ला ईसाई समाज, छिमेकी ईसाई समाज चुलाचुली र स्थानीय इलाका समाज गरी करिब ९० जनाको उपस्थिति रहेको थियो ।

अधिवेशनमा आतिथिमा चुलाचुली ईसाई समाजबाट पा
गोपाल श्रेष्ठ र दमक नगर ईसाई समाजबाट पत्रकार तथा पास्टर डिकेन्द्र बस्नेत रहनु भएको थियो। वर्तमान ईसाई समाजले आफ्नो कार्यकालमा गरेका कार्यविधि पावर पोइन्टबाट अध्यक्ष मुर्मुले प्रस्तुत गरेका थिए भने कार्य प्रतिवेदन समाजका सचिव ए. धिरज राईले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख वक्ता दमक ज्योति चर्चका वरिष्ठ पास्टर रेभरेण्ड एन डि थुलुङले प्रेरित पत्रुसको जीवन बारे प्रष्ट पार्नुभयो ।पत्रुसको बोलावट, जीवनको उतारचढाव र येशूको दोस्रो बोलावट पश्चात पछि फलदायी सेवाकाई हामी पाउँछौँ । सो सेवाकाई हामी जोसुकैले पनि शुरू गर्न सक्छौं तर त्यसको अन्त्य कस्तो किसिमको हुन्छ अनि कस्तो परिणाम आयो भन्ने कुराले फरक पार्ने भन्दै चुनौतीपूर्ण वचन दिनुभएको थियो।

प्रमुख अथिति रहनु भएको आले मगरले आफ्नो मन्तब्यमा कमल गाउँपालिका ईसाई समाज झापा जिल्लाको लागि एक नमूना ईसाई समाज रहेको बताउनु भयो। विगत समय नारी ईसाई समाजको अधिवेसनमा नारी समाजको कार्यबिधि पावर पोइन्टमा प्रस्तुत गरिएको काम अति नै सह्रानीय पाएँ साथै वर्तमान समाजले पनि आफ्नो कार्यबिधि पावर पोइन्टबाट प्रस्तुत गर्न तयार गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै सह्रानीय कामको लागि धन्यबाद र अब आउने नयाँ समितिलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।

विघटन पश्चात अधिवेशनका लागि निर्वाचन मण्डलमा रेभ. थुलुङ र पास्टर गोपाल श्रेष्ठ रहनु भएको थियो। उक्त निर्वाचन मण्डलले सर्वसहमतिको आधारमा नयाँ कार्यसमिति चयन गरेको थियो।

नयाँ कार्यसमितिमा न्यू लाईफ एपोस्टोलिक चर्च मुजुरभिट्टाका पास्टर प्रताप बिकको अध्यक्षतामा ५ सदस्यीय कार्य समिति सर्वसम्मतिले गठन भएको छ। सो समितिको उपाध्यक्षमा पास्टर दुर्गा राजवंशी, सचिवमा पास्टरदीपक राई, कोषध्यक्षमा एल्डर धिरज राई, सहसचिवमा डिकन सागर राई चयन भएका छन।

स्थानीय युवाहरुले गीत संगीतद्वारा सुरवात गरिएको कार्यक्रमको सञ्चालन समाजका उपध्यक्ष पास्टर विक्रम लिम्बुले गर्नु भएको थियो । भने चुलाचुली ईसाई समाजका पूर्व अध्यक्ष पास्टर श्रेष्ठको प्रार्थनाद्वारा अधिवेशन समापन भएको जानकारी समाजका सचिव राईले बताउनु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संगीतकार रञ्जित गजमेरलाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

संगीतकार रञ्जित गजमेरलाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

झापा . वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्व...
काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

२९ जेठ, काँकरभिट्टामा , सरकारले सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । आज काँकरभिट्टामा सुनचाँदी व्यवसा...
कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

  झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाले विद्यालय २ दिन विदा दिइएको छ । गाउँपालिका प्रमुख हुकुमसि...
नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

झापा । झापाली महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ ...