Skip to main content

नयाँ तृष्णा

सम्पन्न भयो : नेपाल बप्तिस चर्च परिषद काेशी प्रदेश सभाकाे साताै अधिवेशन

Advertisement

राजु चाम्लिङ,

१७ आश्विन,

झापा । नेपाल बप्तिस चर्च परिषद कोशी प्रदेश सभाको सातौ अधिवेशन धरान १७ स्थित होशन्ना बप्तिस चर्च भवनमा सम्पन्न भएको छ ।
असोज १५ देखि १७ गते सम्म सञ्चालित अधिवेशनमा परिषद अध्यक्ष महेन्द्रजङ्ग साम्पाङको प्रमुख आतित्थ्यता,तथा परिषदका महासचिव दयानन्द कडरिया,कोषाध्यक्ष टिकाराज राईको बिशिष्ठ आतित्थ्यता रहेको थियोे ।

सभामा बिश्वब्यापी चर्च भित्र चेलापन निर्माण अभियानका अन्तर्राष्ट्रिय अभियन्ता डा डू मन स ले प्रजनन मार्फत चेलापन बिषयक पुस्तिकाद्वारा सुसमाचार प्रचारका शैद्वान्तिक तथा व्यावहारिक ज्ञान प्रति प्रशिक्षण दिनु भएको थियो ।

कोशी प्रदेश भित्रका ओखलढुङ्गा र सोलुखुम्बु बाहेकका सबै जिल्लाहरूबाट ३०० भन्दा अधिक प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालित अधिवेशनमा प्रदेश अध्यक्ष देउकुमार साम्पाङ्गले बार्षिक प्रगति प्रतिवेदन तथा अ ब ०८१र०८२ को बार्षिक कार्ययोजना प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष खगेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

अधिवेशनबाट सभाका बर्तमान अध्यक्ष देउकुमार साम्पाङ्गको अध्यक्षतामा पून आठौ कार्यकालको लागि सर्बसम्मत प्रक्रियाबाट १७ सदस्य प्रदेश समिति गठन भएको छ। नव गठित समितिको उपाध्यक्ष द्धय उदयपुरबाट सन्तोष रम्तेल र ईलामबाट टेकबहादुर राई, महासचिवमा बर्तमान महासचिव मनोज श्रेष्ठ र कोषाध्यक्षमा बार्तमान कोषाध्यक्ष नै सर्बसम्मत चयन भएका छन । समिति सदस्यहरूमा प्रदेशका सबै जिल्ला अध्यक्षहरू पदेन सदस्य रहने ब्यस्था भएको निर्वाचन समितिले जनाकारि दिएका थिए ।

नव गठित पदाधिकारीहरू लाई प्रमुख अतिथि ,बिशिस्ट अतिथि ,अतिथिहरूले कार्यकाल सफलताको शुभकामना सहित बधाई दिनका साथै परिषद्का संस्थापक अध्यक्ष दानिएल सुब्बाले परमेश्वरमा जिम्मेवारी समर्पणको प्रार्थनागरि दिएको प्रदेश सभाका पूर्व अध्यक्ष गोपाल दाहालले जानकारि दिए ।

प्रदेश सभा अध्यक्ष देउकुमार साम्पाङ्गको सभापतित्वमा सम्पन्न अधिवेशनको सञ्चालन कार्यकारिणी सचिव मनोज श्रेष्ठले ले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...