झापा । झापाली महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ पुगेको घोषणा गरेको छ। बिर्तामोडमा आयोजित एक समारोहका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आज (आइतवार) नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले कोषमा ५० लाख पुगेको घोषणा गरेकी हुन् । २०६९ सालमा स्थापना गरिएको संस्थाले पत्रकार महिलाहरुको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि अम्बिका भण्डारी अध्यक्ष रहेको बेला अक्षयकोषको सुरुवात गरेको थियो । २०७५ सालदेखि सुरु भएको अक्षयकोषमा हाल ५१ लाख ५१ हजार रुपैयाँ पुगिसकेको संस्थाकी कोषाध्यक्ष स्वास्तिका आचार्यले जानकारी दिइन् । कोषमा संस्थागत तथा व्यक्तिगत सहयोग प्राप्त हुँदै आएको र एक…
काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो । विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको जनाइएको छ। विस्तृत आउन बाँकी छ ।
झापा, २४ जेठ । विर्तामोड । झापाको विर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन । उनले प्रविधिको प्रयोग गर्दै विद्यार्थीले तयार पारेको रिमोट कन्ट्रोल बिद्धुत सर्किटको प्रयोग गर्दै पानसमा बत्ती बालेर उद्घाटन गरिन् । कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले बिर्तामोड स्थित देवि माविमा शनिबारदेखि सोमबारसम्म सञ्चालन गरेको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने दावी गरिन् । पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक, नीजि…
काठमाडौं । व्यावसायिक रुपमा सफल हुन नसकेको भए पनि फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । बिहीबार फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको खुसीयाली साट्न काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माताले दोस्रो भागको घोषणा गरेका हुन् । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण र रिलिज कहिले हुन्छ भन्नेबारेमा भने जानकारी गराइएको छैन । बुझिए अनुसार ‘पिताम्बर’को दोस्रो श्रृंखला प्रिक्वेल (पहिलो भाग) हुनेछ । फिल्म रिलिजअघि नै निर्देशक चौलागाईंले यसको प्रिक्वेल निर्माण गरिने र त्यसका लागि एक घण्टाको फुटेज (दृश्य) समेत खिचिसकेको बताएकी थिइन् । उनले फिल्मीखबरसँग भनेकी थिइन्, ‘प्रिक्वेलका लागि झन्डै एक घण्टाको फुटेज तयार भइसकेको छ…
२२ जेष्ठ २०८२, तरुण राई, मेचीनगर । विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ वृक्ष रोपण र सरसफाइ कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएकाे छ । ‘परिवर्तनका लागी यूवा’ समुह र हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबको आयोजना, एक्का नेपाल र मगुरमाडी समुदाय वन समितिको सहयोगमा मेचीनगर नगरपालिका -०९, मगुरमाडी अवस्थित हातेमालो विकास टोल क्षेत्रमा सरसफाई सहित ‘विश्व वातावरण दिवसको २०२५’ सम्पन्न भएको छ। मगुरमाडी समुदाय वन समितिका अध्यक्ष अमर लिम्बूले “हामीले दिनहुँ प्रयोग गरिने प्लास्टिकका सामग्रीहरुमा हुने ‘माइक्रो प्लास्टिक’मा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (PAHs), भारी धातुहरु, प्लास्टिसाइजरहरु, पफ्थालेट् जस्ता विषालु…
काठमाडौँ। यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी आन्दोलन फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए । बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए। उनले निर्णयसँगै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न सक्ने बताए ।
काठमाडौँ। संयुक्त जनआन्दोलन समितिले भोलि (जेठ १९ गते) काठमाडौँ उपत्यका बन्द गर्ने घोषणा गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन्। “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौँ । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,” विज्ञप्तिमा उल्लेख छ । आज काठमाडौं नारायण चौरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक…
१८ जेष्ठ २०८२, आईतवार, मेचीनगर । करुणा फाउन्डेसन, कोशी प्रदेश र मेचीनगर नगरपालिकाको सहकार्यमा, शुभबिहानी मिलीजुली समूहको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धिका लागि एक दिने टोलस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम मेचीनगर नगरपालिका–०६ स्थित मेची सामुदायिक सभा हलमा आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष ललित बहादुर तामाङ हुनुहुन्थ्यो। कार्यक्रममा रोनिशा तिम्सिनाले सहभागीबीच प्रशिक्षण दिएकी थिइन् । शुभबिहानी मिलीजुली समूहका अध्यक्ष बिष्णु प्रसाई, पूर्व क्षितिज अपाङ्ग संघ (ओपिडी ) का वरिष्ठ उपाध्यक्ष गंगा संग्रौला, वडाका अन्य जनप्रतिनिधि तथा नगरस्तरका त्यसैगरी नगरपालिका सहजकर्ता सी बी आर का कर्मचारी…
राजनीतिक परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले जेठ ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा फिल्मलाई एकल रिलिजको अवसर मिलेको छ । यसअघि ‘भाइरल गोर्खे’ले उक्त मिति रोजेको भए पनि विभिन्न कारणले फिल्मको रिलिज स्थगन गरिएको छ । नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक दिनेश राउतले भनेका छन्, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । यसबाट दर्शकहरूमा असहजता सिर्जना भएकोमा क्षमा प्रार्थी छौँ । अब जेठ ३० गते फिल्म प्रदर्शन हुँदैछ । यो…
१७ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ । यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख…