Skip to main content

नयाँ तृष्णा

आज विश्व वातावरण दिवस २०२५ मनाइयो

Advertisement

२२ जेष्ठ २०८२,

तरुण राई,

मेचीनगर । विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ वृक्ष रोपण र सरसफाइ कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएकाे छ ।

‘परिवर्तनका लागी यूवा’ समुह र हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबको आयोजना, एक्का नेपाल र मगुरमाडी समुदाय वन समितिको सहयोगमा मेचीनगर नगरपालिका -०९, मगुरमाडी अवस्थित हातेमालो विकास टोल क्षेत्रमा सरसफाई सहित ‘विश्व वातावरण दिवसको २०२५’ सम्पन्न भएको छ।

मगुरमाडी समुदाय वन समितिका अध्यक्ष अमर लिम्बूले “हामीले दिनहुँ प्रयोग गरिने प्लास्टिकका सामग्रीहरुमा हुने ‘माइक्रो प्लास्टिक’मा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (PAHs), भारी धातुहरु, प्लास्टिसाइजरहरु, पफ्थालेट् जस्ता विषालु पदार्थ हुने गर्दछ जुन माटो र हावाबाट हामीले पिउने गरेको पानी र खाने गरेको खाद्य श्रृंखलामा सजिलो सँग पुग्छ गर्दछ यदि हामी यस बारे चेतनशिल भएनौ भने जसको सेवनले गर्दा क्यान्सर जस्तो प्राणघातक रोग लाग्न जोखिम बढाउने गर्दछ,” त्यसैले यसबारे आफू पनि सचेत भई हरुलाई पनि सचेत हुन उहाँले आग्रह गर्नुभयो यसै गरि हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबका संरक्षण शिक्षक माधव प्रसाद फुयालद्धारा वातावरण दिवसको औचित्य र ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ बारेमा प्रकाश पार्नुभयो, उहाँले प्लास्टिकको सही विसर्जन नभएकाले गर्दानै बगैंचा, नदी-नाला, सहर, हट बजार र सर्वत्र प्लास्टिकका थुप्राहरुले भरिएको पाइन्छ, फोहोर व्यवस्थापनको अभावले ७५% फोहर मैला खुलामा फ्याँकिन्छ, जसले नदी र सिंचाई प्रणाली अवरुद्ध गर्ने गर्दछ, जमीनमा फालिएको प्लास्टिले भूगर्भीय पानी र माटोको गुणस्तर घटाउँदछ र यसको समाधानका उपाय प्लास्टिकका झोला वा सामग्रीहरुलाई पुनः प्रयोगको बिधि अपनाउनु सल्लाह दिनु भयो।

सो कार्यक्रममा हातेमालो विकास टोलका स्थानिय तथा हरि आधारभूत विद्यालय विद्यार्थीका अभिभावक शम्बु बिष्टले यस प्रकारको कार्यक्रम हाम्रो टोलमा गर्नु भएकोमा युवा समुह र विद्यालयलाई धन्यवाद दिनुको साथै विश्व वातावरण दिवस बारेमा बुझ्न सकेको बताउनु भयो र बाल क्लबको तर्फबाट अर्पण मेचेले विश्व वातावरण दिवसमा यसरी बाल क्लब सक्रिय रुपमा सहभागी हुन पाउँदा आफूलाई गर्व लागेको र यस प्रकारको सरसफाई कार्यक्रमलाई निरन्तर दिन विद्यालय, स्थानिय टोल र बाल क्लवलाई आग्रह गर्नु भयो।

टियर फण्डका प्रतिनिधि शाउल सुनुवारले विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी लागेको बताउनु भयो र आयोजकहरुलाई धन्यवाद सहित आउने दिनहरुमा टियर फण्डले पनि यस्ता कार्यक्रमहरुमा सहकार्य गर्ने बताउनु भयो ।

परिवर्तनका लागि युवा समुहका संयोजक काउन्सेलर प्रियंका दनुवारद्धारा आगामी दिनहरुमा स्थानिय टोल र समूहको यस प्रकारको सरसफाईका कार्यक्रमहरुमा सक्रियता हुने अपेक्षा गर्दै सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिनु भयो।

परिवर्तनका लागि युवा समुहका सदस्य काउन्सेलर विष्णु प्रसाईले सरसफाई गरे पश्चात सम्पूर्ण सहभागीहरुलाई ‘हात धुने बिधि’द्धारा हात धुन प्रयोगत्मक रुपले सिकाउनु भयो।

परिवर्तनका लागि युवा समुहका सदस्य काउन्सेलर चाँदनी अन्सारीले संचालन गर्नु भएको सो कार्यक्रममा वातावरण संरक्षण र दैनिक रुपमा प्रयोग गरिने प्लास्टिकको सामग्री न्यूनीकारण गर्न चेतमुलक नारा लेखेका ‘प्ले कार्ड’ बाकेर सहभागि विद्यार्थीहरु, शिक्षकहरु, स्थानीयहरु, समाजसेवीहरु, एक्काका प्रतिनिधिका साथै परिवर्तनका लागी युवा समुहद्धारा मेचीनगर नगरपालिका -०९, मगुरमाडी अवस्थित हरि आधारभूत विद्यालयको परिसर देखि हातेमालो विकास टोल सम्म जन चेतन रली सम्पन्न गरियो।

हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबद्धारा हातेमालो विकास टोललाई टोलको फोहर मैला व्यस्थापन गर्न २ थान ‘डसविन’ प्रदान गर्नुको साथै मगुरमाडी समुदाय वन परिसर भित्र वृक्ष रोपण कार्यक्रम गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...