Skip to main content

नयाँ तृष्णा

ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

[adsforwp id="2511"]

काठमाडौं ।

विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच चीनको शेन्जेनमा दुर्लभ त्रिपक्षीय भेटवार्ता भएको विवरण सार्वजनिक भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार करिब डेढ घण्टा बन्द कोठामा छलफल भएको बताइएको छ।

प्राप्त विवरणअनुसार बैठकमा विश्व शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, युक्रेन युद्ध, आणविक हतियार नियन्त्रण, ऊर्जा उत्पादन तथा व्यापारिक सम्बन्धका विषयमा छलफल भएको छ।

भेटवार्तापछि तीनै नेताले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। बैठक सकिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प स्वदेश फर्कन विमानस्थलतर्फ प्रस्थान गरेको उल्लेख छ।

रुसी राष्ट्रपति पुटिनका वरिष्ठ सहयोगी युरी उशाकोभले बैठक सकारात्मक वातावरणमा सम्पन्न भएको बताएका छन्। विश्व शान्ति र सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसंघलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुधार गर्नुपर्ने विषयमा तीनै नेताले जोड दिएको विवरणमा उल्लेख छ। रुसी राष्ट्रपति पुटिनका वरिष्ठ सहयोगी युरी उशाकोभले बैठक सकारात्मक वातावरणमा सम्पन्न भएको बताएका छन्। विश्व शान्ति र सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसंघलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुधार गर्नुपर्ने विषयमा तीनै नेताले जोड दिएको विवरणमा उल्लेख छ।

आणविक युद्धमा कसैले जित्न नसक्ने र यस्तो युद्ध कहिल्यै सुरु गर्न नहुने भन्दै नेताहरूले आणविक हतियारको जोखिम न्यूनीकरण तथा प्रसार रोक्न संवाद जारी राख्ने सहमति गरेको जनाइएको छ।

त्रिपक्षीय बैठकअघि ट्रम्पले पुटिन र सीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। पुटिनसँगको भेटमा युक्रेन युद्ध तथा सीसँगको भेटमा व्यापार, भन्सार शुल्क, कृषि उत्पादन, कृत्रिम बुद्धिमत्ता र प्रविधिसम्बन्धी विषयले प्राथमिकता पाएको बताइएको छ।

ताइवान, इरान युद्ध तथा बढ्दो अन्तर्राष्ट्रिय तनावका विषयमा पनि छलफल भएको विवरणमा उल्लेख छ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा भएको यो भेटलाई अन्तर्राष्ट्रिय कूटनीतिमा विशेष महत्त्वका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

श्रम संस्कृति पार्टी मेचीनगर–६ मा संगठन विस्तार तीव्र, गैरीगाउँ बर्मेली टोल समिति गठन

२०८३ मंसिर ०५, शनिबारमेचीनगर, झापा ।तरुण राई, मेचीनगर । श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै मेचीनगर न...
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि...
सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो, आज पनि उच्च गिरावट

 काठमाडौँ विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ। सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ ...
ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

ट्रम्प, सी र पुटिनबीच दुर्लभ त्रिपक्षीय वार्ता, विश्व शान्ति र आणविक जोखिम न्यूनीकरणमा जोड

काठमाडौं । विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच चीनको शेन्जेनमा दुर्लभ त्रिपक्षीय भेटवार्ता भएक...