काठमाडौं । विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच चीनको शेन्जेनमा दुर्लभ त्रिपक्षीय भेटवार्ता भएको विवरण सार्वजनिक भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार करिब डेढ घण्टा बन्द कोठामा छलफल भएको बताइएको छ। प्राप्त विवरणअनुसार बैठकमा विश्व शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, युक्रेन युद्ध, आणविक हतियार नियन्त्रण, ऊर्जा उत्पादन तथा व्यापारिक सम्बन्धका विषयमा छलफल भएको छ। भेटवार्तापछि तीनै नेताले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। बैठक सकिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प स्वदेश फर्कन विमानस्थलतर्फ प्रस्थान गरेको उल्लेख छ। रुसी राष्ट्रपति पुटिनका वरिष्ठ सहयोगी युरी उशाकोभले बैठक सकारात्मक वातावरणमा सम्पन्न भएको बताएका छन्। विश्व…