Skip to main content

नयाँ तृष्णा

‘महाभोज’को प्रदर्शन मिति तय जेठ ३० गतेलाई

[adsforwp id="2511"]

राजनीतिक परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति तय गरिएको छ ।

निर्माण पक्षले जेठ ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा फिल्मलाई एकल रिलिजको अवसर मिलेको छ । यसअघि ‘भाइरल गोर्खे’ले उक्त मिति रोजेको भए पनि विभिन्न कारणले फिल्मको रिलिज स्थगन गरिएको छ ।

नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक दिनेश राउतले भनेका छन्, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ ।

यसबाट दर्शकहरूमा असहजता सिर्जना भएकोमा क्षमा प्रार्थी छौँ । अब जेठ ३० गते फिल्म प्रदर्शन हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुनेछौं ।’

जेठ १३ गते फिल्मको काठमाडौंमा विशेष ‘प्रिम्यू शो’ राखिएको थियो, जहाँ फिल्मकर्मीका साथै ५० बढी सहकारी पीडितहरूको उपस्थिति रहेको थियो ।

सहकारी ठगी प्रकरणको कथामा आधारित भएर बनेको फिल्म यथार्थपरक रहेको प्रतिक्रिया सहकारी पीडितहरूले दिएका थिए । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले त फिल्म व्यावसायिक रूपमा सफल हुने दाबी नै गरेका थिए ।

विकास सुवेदीको लेखन रहेको फिल्मले सहकारी ठगीको मारमा परेको परिवारको स्थिति, यसले समाजमा पारेको प्रभाव तथा प्रत्येक व्यक्ति कसरी प्रभावित छन् भन्ने कथा मनोरञ्जनात्मक तथा भावनात्मक तरिकाले भन्छ ।

यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...