मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा जागृत बाल उद्धार केन्द्र नेपाललाई दशैंको उपलक्ष्यमा खाद्यन्न सामाग्रीसहित नगद बितरण गरेको छ । आज सहकारी संस्थाले यहाँका आश्रित बाल बालिकालाई बडा दशैंको अवसरमा खाद्यन्नलगायत मासु खनाका लागि नगद बितरण गरेको हो । संस्थाका बिभागीय बिजय बस्नेतले दशैको चाडवाडको समयमा बाल बालिकाहरु भोकभोकै नबसुन् भनेर दश हजारजतिको खाद्यन्न संस्थाले उपलब्ध गराएको बताउदै संस्थाका अध्यक्ष सुवास भट्टराईको हातबाट हस्तान्तरण गरिएको थियो । सहकारी संस्था संस्थाबाट केन्द्रीय अध्यक्ष सुवास भट्टराई, बिभागीय बिजय बस्नेत, सेवा केन्द्र काँकरभिट्टा प्रमुख नारद प्रसाद पौडेल र कर्मचारी हरि दाहाल सहभागी रहेका थिए भने यस जागृत बाल उद्धार केन्द्र…
२१ आश्चिन, चिली । जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको सदस्यता दिने निर्णय गरेको हो । समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय संगठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिव एलान्सको नयाँ सदस्य पार्टी बन्न सफल भएको छ । विश्वका १९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो । सबै महादेशबाट प्रोग्रेसिव एलाइन्सका करीब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष …
२० आश्विन, मेचीनगर । झापामा बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१ का २१ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
१९ आश्विन, काठमाडौँ । अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको छ । राजधानी साना लगायत यमनको मुख्य सहरमा धेरै विस्फोटको आवाज सुनिएको छ । नोभेम्बरदेखि, हुथी विद्रोहीहरूले रेड सागरमा झण्डै १०० जहाजमा आक्रमण गरी दुईवटा जहाज डुबेका छन् । विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ । मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरुको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ । हुथी…
१९ आश्विन, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अध्यक्षमा सुनिल धिमाल सर्वसम्मत चयन भएका छन्। शनिबार झापाको मेचीनगरमा आयोजित झापा जिल्ला अधिवेशनले ३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा जारी जिल्ला अधिवेशनले धिमालको नेतृत्वमा ९ जना पदाधिकारी चयन गरेको छ। जसमा प्रथम उपाध्यक्षमा सुरज शाह, उपाध्यक्ष सागर राई र सारांश ढुंगाना रहेका छन् भने सचिवमा अनिल चौहान, सह- सचिवमा क्रमश: राम शाही ठकुरी र सोफिया खड्का रहेका छन्। त्यस्तै कोषाध्यक्षमा रोशनी सापकोटा तथा सह- कोषाध्यक्षमा प्रज्वल भट्टराई रहेका छन् भने अन्य २४ जना सदस्यहरु…
१७ आश्विन , झापा । चीनको फुजाऊ पुजियानमा रहेको चाङ्ले जिल्लाको चेङ्गुआन चर्चले नयाँ एक अत्याधुनीक सुन्दर चर्च भवनको उद्घाटन तथा समर्पण गरेको छ । करिब एक सय वर्ष पुरानो मानिने चर्चको नयाँ भवनको उद्घाटन गरिएको छ । चर्चको उद्घाटन समारोहमा चाङ्ले क्रिस्चियन काउन्सिलका अध्यक्ष र चेङ्गुआन चर्चका पास्टर इन्चार्ज पास्टर लिउ लिजेनले सञ्चालन गर्नुभएको बताइएको छ । चर्च उद्घाटन समारोहमा जब घण्टी बज्यो र मण्डली “होली, होली, होली” गाउन थाले । संगीत झुण्डले परमेश्वरको आराधना गरेर ५० भन्दा बढी पास्टरहरु उद्घाटन समारोहमा भित्र पसेको कुरा उल्लेख गरिएको छ । चीनमा लामो समयदेखि पास्टरीय सेवाकाई गरीरहेका पास्टरहरुले परमेश्वरको बचनबाट उद्घाटनमा प्रचार…
राजु चाम्लिङ, १७ आश्विन, झापा । नेपाल बप्तिस चर्च परिषद कोशी प्रदेश सभाको सातौ अधिवेशन धरान १७ स्थित होशन्ना बप्तिस चर्च भवनमा सम्पन्न भएको छ । असोज १५ देखि १७ गते सम्म सञ्चालित अधिवेशनमा परिषद अध्यक्ष महेन्द्रजङ्ग साम्पाङको प्रमुख आतित्थ्यता,तथा परिषदका महासचिव दयानन्द कडरिया,कोषाध्यक्ष टिकाराज राईको बिशिष्ठ आतित्थ्यता रहेको थियोे । सभामा बिश्वब्यापी चर्च भित्र चेलापन निर्माण अभियानका अन्तर्राष्ट्रिय अभियन्ता डा डू मन स ले प्रजनन मार्फत चेलापन बिषयक पुस्तिकाद्वारा सुसमाचार प्रचारका शैद्वान्तिक तथा व्यावहारिक ज्ञान प्रति प्रशिक्षण दिनु भएको थियो । कोशी प्रदेश भित्रका ओखलढुङ्गा र सोलुखुम्बु बाहेकका सबै जिल्लाहरूबाट ३०० भन्दा अधिक प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालित अधिवेशनमा प्रदेश अध्यक्ष…
१७ आश्विन , काठमाडौं । जनजागरण पार्टी नेपालको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण सार्वजनिक गरेको छ । पार्टीले २०८०/८१ मा आर्थिक पारदर्शितालाई चुस्त दुरुस्त बनाउन तथा आम नागरिकमा पार्टीको आर्थिक गतिविधी के कस्ता भए भनेर थाहा गर्न आधिकारिक लेखापरिक्षकको संस्थाबाट लेखापरिक्षण गरिइएको हो । आ.व. २०८०/८१ को आय - व्याय विवरण र सो विवरण साथ विल भर्पाइहरु , खाता , बैंक विवरण लगायतका प्रमाण कागजतहरु पेश गरि उपलब्ध श्रेस्ताको प्रचलित कानून तथा लेखापरिक्षण सिदान्त अनुसार लेखापरिक्षण गरि लेखापरिक्षणबाट ८ पाना को लेखापरिक्षण प्रतिवेदन संग्लन साथ पेश गरि सोम एण्ड एसोसिएट्स लेखापरिक्षक सोम वहादुर बस्नेत दर्तावाला लेखापरिक्षक बानेश्वर काठमाणडौंबाट लेखापरिक्षण गराइएको…
बाहुण्डाँगी । मेचीनगर ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा मागुमाडी सामुदायिक वन र पाँचपोखरी सामुदायिक वन विजय भएका छन् । पहिलो खेलमा मागुरमाडीले प्रगती सामुदायिक वनलाई २–१ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । जितका लागि गुन्जन चापागाई र एसन लिम्बूले एक एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बासु तिम्सिना भए । उनलाई चन्द्र दासले प्रदान गर्नु भएको नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा पाँचपोखरीले हातेमालो सामुदायिक वनलाई २–० को…