७ भाद्र, बिर्तामोड, ७ भदौ । बिर्तामोड स्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-६, महानन्द चौक निवासी प्रसाई बिर्तामोड-१ का नरेन्द्र मैनालीकाे घरमा विहान झुन्डिएको अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले प्रसाईं मैनालीकाे घरकाे सिलिङ फेनकाे हुकमा झुन्डिएको अवस्थामा फेला परेकाे जानकारी दिए । मैनाली भने केही समयदेखि काठमाडौँ बस्दै आएका छन् । प्रसाईं मैनालीको घरको दोस्रो तलाकाे अफसि काेठामा झुण्डिएका छन् । डीएसपी चन्दका अनुसार अनुसन्धान भइरहेकाे छ । पाेष्टमाटर्म रिपोर्ट आएपछि थाहा हुने छ । बीएण्डसी अस्पतालका संस्थापक शेयर सदस्य रहेका थिए । मृतक…
झापा, ६ भदौ । झापाको मेचीनगरमा नसर्ने रोग रोकथाम तथा व्यवस्थापन सम्बन्धित केएचडीसी स्वास्थ्य कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केएचडीसी नेपाल बीच त्रिपक्षी सम्झौता भएको हो । सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. ज्ञानेन्द्र गिरी र केएचडीसी नेपालका तर्फबाट अध्यक्ष डा. राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको छ । मेचीनगरभरिका ४० वर्ष भन्दा माथि उमेर समूह र नसर्ने रोगको जोखिम भएका नगरबासीको मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटु तथा फोक्सो सम्बन्धी रोगहरुको जाँच तथा खोजपड्ताल गर्दै भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमतालाई न्यूनीकरण गर्नका लागि…
६ भाद्र, काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा समीर तामाङ र नीराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए । यो जितपछि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । अब शुक्रबार समूह चरणको अन्तिम खेल समूह बी को भारत र माल्दिभ्सबीच खेल हुँदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ । समूह बी…
६ भाद्र , काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच बर्षे हदम्याद आफूहरूलाई मान्य नहुने स्पष्ट गरेका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफूहरूलाई मान्य नहुने बताएका हुन् । लामिछानेले अहिले देशका युवाहरुले आफूलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुसी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षको हदम्याद मान्य नहुने बताएका हुन् । यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको छ ।
६ भाद्र , काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको कार्यसूची रहेको छ ।
६ भाद, झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।…
५ भाद्र, झापा, शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जलि गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए। उनले विद्यार्थीको उपचार भइरहेको अस्पताल बिर्ता सिटीतर्फ गइरहेको बताए । कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे ।…
५ भाद्र, काठमाडौं । संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले आफ्नो परिवर्तनले सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाए । २०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे । आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो । खालिद साउदी अरेबियाको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए । यो टोलीले उनको उपचार र खानपानको ख्याल…
५ भाद्र, काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् । बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् । बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको…