नयाँ तृष्णा

मेचीनगरमा नसर्ने रोग रोकथामका लागि त्रिपक्षीय सम्झौता

Advertisement

झापा, ६ भदौ । झापाको मेचीनगरमा नसर्ने रोग रोकथाम तथा व्यवस्थापन सम्बन्धित केएचडीसी स्वास्थ्य कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केएचडीसी नेपाल बीच त्रिपक्षी सम्झौता भएको हो ।

सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. ज्ञानेन्द्र गिरी र केएचडीसी नेपालका तर्फबाट अध्यक्ष डा. राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

मेचीनगरभरिका ४० वर्ष भन्दा माथि उमेर समूह र नसर्ने रोगको जोखिम भएका नगरबासीको मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटु तथा फोक्सो सम्बन्धी रोगहरुको जाँच तथा खोजपड्ताल गर्दै भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमतालाई न्यूनीकरण गर्नका लागि २०८१ भदौ ६ देखि सञ्चालन गर्ने त्रिपक्षीय सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा नसर्ने रोग रोकथाम र व्यवस्थापन सम्बन्धी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन, नसर्ने रोगको जोखिममा रहेका जनसंख्याको पहिचान र रिफरलमा महिला स्वास्थ्य स्वयम्सेविकाको संलग्नता गराउने, स्वास्थ्य केन्द्रहरूमा मुटु रोग, मधुमेह, उच्च रक्तचाप र दीर्घकालीन मृगौला रोगको लागि उच्च जोखिम भएका व्यक्तिहरूको जाँच गर्ने लगायतका बुँदा समेटिएको छ ।

यसैबीच, मेचीगनर क्षेत्रका प्राथमिक तहका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम शुरु भएको छ । नगरका ६० जनालाई नसर्ने दिर्घरोगहरुको प्राथमिक तहमा रोकथाम, सीघ्र निदान, उपचार तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम शुरु भएको हो ।

तालिम उद्घाटन समारोहमा कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियाले पछिल्लो समयमा अस्पतालमा नसर्ने रोगका बिरामीको चाप बढ्दै गएको बताउनुभयो ।

“हामीले उपचारमा मात्र ध्यान दिइरहेका छौं”, उहाँले भन्नुभयो, “हामीले जीवनशैली परिवर्तन गर्न जरुरी छ ।” सरकारले पनि उपचारलाई मात्र ध्यान दिएकाले अब रोकथाममा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै, मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेतीले नगर क्षेत्रमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको बताउनुभयो ।

“नगरपालिकाले नसर्ने रोगका बिरामीलाई पाँच हजार यातायात खर्च दिने गरेको छ”, उहाँले भन्नुभयो, “२० लाखभन्दा बढी खर्च भइसक्यो तर पनि सुविधा लिन बिरामी आउने क्रम घटेको छैन ।” रोगको उपचार गर्ने भन्दा पनि रोग लाग्न दिने उपाय अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा डा. सञ्जीव शर्माले नसर्ने रोगका बारेमा प्रस्तुति दिनुभएको थियो । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, डा. अनुप घिमिरे लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गर्नुभएको थियो ।

केएचडीसी नेपालले मेचीनगरका १४ हजार पाँच सय १७ जनामा गरेको नसर्ने रोग सम्बन्धी सर्वेक्षणमा १८.३ प्रतिशत रक्तचाप, ११.५ प्रतिशतमा मधुमेह र ३.१ प्रतिशतमा मृगौला सम्बन्धी समस्या देखिएको केएचडीसी नेपालका अशेष प्याकुरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पाष्टर राजन बस्नेत

बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पाष्टर राजन बस्नेत

बुधबारे, २७ असाेज । राजन बस्नेत काे अध्यक्षतामा नव कार्य समिति गठन गरि बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा ...
झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

२७ आश्विन ,  मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । आईतवार बिहान ७.३...
राष्ट्रपति पौडेलको हातबाट प्रधानमन्त्री ओलीले लगाए टिका

राष्ट्रपति पौडेलको हातबाट प्रधानमन्त्री ओलीले लगाए टिका

२६ आश्विन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएका छन्। शनिवार राष्...
मङोलद्वारा कालो टीका लगाएर दशैं बहिष्कार

मङोलद्वारा कालो टीका लगाएर दशैं बहिष्कार

२६ आश्विन, मेचीनगर । झापाको मेचीनगरस्थित मंगोल नेशनल अर्गनाइजेसनले कालो टीका लगाएर दशैंको बिरोध गरेको छ । दशैं बहिष्कार अभि...