Skip to main content

नयाँ तृष्णा

‘क्लास वर्क’ नगरेको भन्दै पाइपले पिट्दा बिद्यार्थी अस्पताल भर्ना

[adsforwp id="2511"]

झापा,  शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जलि गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए। उनले विद्यार्थीको उपचार भइरहेको अस्पताल बिर्ता सिटीतर्फ गइरहेको बताए ।

कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे । अन्जलि त्यत्तिकै बसेकी थिइन् । शिक्षक निरौलाले अन्जलिलाई सोधे, ’तिमी क्लास वर्क गर्दैनौ ।’ उनले शिक्षक निरौलालाई जस्ताको त्यस्तै जवाफ फर्काइन्,’ आउँदैन सर।’ शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले ड्याम कि ड्याम हिर्काए । समाचार स्रोतका अनुसार अन्जलिको डडेल्लमा तीनवटा सुम्ला बसेका छन्।

घाइते अवस्थाकी अन्जलिलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा पुर्‍याएको थियो। उनको उपचार भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक भवानी थापाका अनुसार शिक्षक हेतिराज निरौलाले गम्भीर त्रुटि गरेको बताए । उनले भने अहिले हामी विद्यार्थीसँगै अस्पतालमा छौँ । घाइते को अवस्था सामान्य भएपनि उनी हामीसँग पनि बोलिरहेकी छैनन्।’ यो घटनाले विद्यालय प्रशासनलाई दुखित बनाएको छ।
घाइतेको उपचारका विषयमा विषयगत शिक्षक हेतिराज निरौलाको आर्थिक व्ययभार हुनेछ ।

शिक्षक निरौलाको गल्तीको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र निर्णय गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...