६ फाल्गुन, काठमाडौँ। प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो। उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले…
काठमाडौ । नेपालले काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ । नेपालले दशरथ रंगशालामा सम्पन्न खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको १०औं मिनेटमा नेपालकी विमला चौधरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । त्यस्तै अब फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने सोहि दिन किर्गिस्तान र म्यान्मार खेल्ने तालिका रहेको छ ।
महोत्तरी । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् । गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् । गीतको निर्माण निर कुमारी विश्वकर्मा 'सविना'ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद…
झापा । झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो । डिभिजन वन कार्यालयले पटक पटक दिएको सूचनालाई बेवास्ता गरेपछि भोलि भत्काइने डिभिजन प्रमुख मेघराज राईले बताए । प्रगति सामुदायिक वनमा अतिक्रमण गरी २४ वटा घुम्ती र टहरा बनाइएको छ । वन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न व्यक्तिहरुले त्यहाँ व्यापार व्यवसाय गर्दै आएका छन् । गत असारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले हटाउने निर्णय गर्दै पहिलो सूचना जारी गरेको थियो । त्यसपछि दोस्रो पटक एक महिने सूचना…
४ फाल्गुन. झापा । नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) झापामा मृत भेटिएका छन्। आइतबार बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाको अनुसार तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका बताइएको छ । मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए । उनको मृत्यु कतिबेला भएको भन्ने नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाइ घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।
मेचीनगर । अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिस इङ्लिस सेकेण्डरी स्कुलले जितेको छ । आज मेचीनगर ३ बडाखाल विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उपाधि थेसिस इङ्लिस स्कुलले जितेको हो । पुर्वाञ्चल इङ्लिस स्कुल मेचीनगर २ भृकुटीलाई ४–० गोल गर्दै थेसिसले उपाधि जितेको हो । एक दिवसिय प्रतियोगितामा दुर्गा आवसिय मावि धाईजन, बालबाटिका ईङलिस सेकण्डरी स्कुल चारआली, झापा नेशनल स्कुल ईटाभट्टा, दोकानडाँडा ईङलिस सेकण्डरी स्कुल, आयोजक विद्यालय थेसिस ईङलिस सेकण्डरी स्कुल , पुर्वाञ्चल ईङलिस स्कुल भृकुटी र ओसियानिक निवार्णा ईङलिस सेकण्डरी स्कुलका बिच प्रतियोगिता सम्पन्न भएको थियो । थेसिस इङ्लिस सेकेण्डरी स्कुल मेचीनगर ३ ले आयोजना गरेको प्रतियोगिताको म्यान अफ द…
१ फागुन, विराटनगर । कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ वर्ष कैदको फैसला भएको छ। सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको हो। पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ। उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। यसैगरी एमाले नेता निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा…
२७ माघ, मेचीनगर । मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेकाे जनवर्गीय संगठन राष्ट्रिय अपाङ्ग संगठन नेपालकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार काँकरभिट्टा स्थित एमाले नगर तथा क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न अधिवेशनले लक्ष्मीप्रसाद कडरियाकाे नेतृत्वमा ११ सदस्यीय राष्ट्रिय अपाङ्गकाे प्रथम नगर कमिटी गठन भएको हाे । कमिटीकाे उपाध्यक्षमा हरि पाेखरेल, सचिवमा करूणा पाेखरेल, सहसचिवमा डिल्लीप्रसाद पाैडेल र काेषाध्यक्षमा शुशिला गाैतम सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पवित्रा दर्लामी, पाेरेन धिमाल, ईन्दिरा गाैतम, मञ्जिला तामाङ, सेवक तामाङ र चन्द्रकुमार ढुंगेल रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग संगठन नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज …
२६ माघ, मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’ हुने भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ गतेदेखि २८ गतेसम्म पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । यसअघि चौँथो ‘मेचीनगर गोल्डकप’ २०७५ मा भएको थियो । त्यसपछि कोभिड–१९ र अन्य कारणले रोकिएको उक्त गोल्डकप ६ वर्षपछि हुने भएको आयोजकले जनाएको छ । गोल्डकप काँकरभिट्टा माविको खेल मैदानमा हुने छ । गोल्डकपको संरक्षकका रुपमा मेचीनगर नगरपालिका रहनेछ । उक्त प्रतियोगिता गर्न नगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ । आज काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष…
२५ माघ २०८१, शुक्रबार, एजेन्सी। अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा १० यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ। विमान दुर्घटना भएको आशंका गरिएको छ। अलास्का राज्य प्रहरीका अनुसार, नौ यात्रु र एक पाइलट सवार बेरिङ एयर क्याराभान स्थानीय समयानुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो। यी दुई सहर नोर्टन साउन्डमा एकार्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर)को दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्ताले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेका अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्। हराएको उक्त विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो। गएको जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको…