नयाँ तृष्णा

संगीतकार रञ्जित गजमेरलाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

Advertisement

झापा . वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त प्रतिष्ठित सम्मान शनिबार झापाको बिर्तामोडमा आयोजित भव्य समारोबीच यस वर्ष बिसे नगर्ची सम्मान प्रदान गरिएको हो ।

संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रुमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो कि’ जस्ता कालजयी गीतमा संगीत भरेका छन् । नेपाली चलचित्र र आधुनिक संगीत क्षेत्रमा गजमेरको योगदानलाई उच्च प्रशंसा गरिएको छ।

गजमेरसँगै शिक्षासेवी जयनारायण ढुंगानालाई समेत उक्त सम्मान प्रदान गरिएको छ ।

आयोजक गोर्खा फाउन्डेसनका अध्यक्ष विरू दर्नालका अनुसार समारोहमा यसै कार्यक्रममा गीत-संगीत, साहित्य तथा शिक्षा क्षेत्रबाट हस्त परियार, पहिलो फिफा रेफ्री श्याम दनुवार, कान्तिपुरकर्मी पर्वत पोर्तेल, लोपोन्मुख मेचे समुदायका अभिनेता सुवास मेचे र नेपालकी पहिलो महिला अटो मेकानिक निरु परियारलाई पनि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्मान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...