Skip to main content

नयाँ तृष्णा

संगीतकार रञ्जित गजमेरलाई ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’

Advertisement

झापा . वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त प्रतिष्ठित सम्मान शनिबार झापाको बिर्तामोडमा आयोजित भव्य समारोबीच यस वर्ष बिसे नगर्ची सम्मान प्रदान गरिएको हो ।

संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रुमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो कि’ जस्ता कालजयी गीतमा संगीत भरेका छन् । नेपाली चलचित्र र आधुनिक संगीत क्षेत्रमा गजमेरको योगदानलाई उच्च प्रशंसा गरिएको छ।

गजमेरसँगै शिक्षासेवी जयनारायण ढुंगानालाई समेत उक्त सम्मान प्रदान गरिएको छ ।

आयोजक गोर्खा फाउन्डेसनका अध्यक्ष विरू दर्नालका अनुसार समारोहमा यसै कार्यक्रममा गीत-संगीत, साहित्य तथा शिक्षा क्षेत्रबाट हस्त परियार, पहिलो फिफा रेफ्री श्याम दनुवार, कान्तिपुरकर्मी पर्वत पोर्तेल, लोपोन्मुख मेचे समुदायका अभिनेता सुवास मेचे र नेपालकी पहिलो महिला अटो मेकानिक निरु परियारलाई पनि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्मान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...