Skip to main content

नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

झापाकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

बिर्तामोड । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो । उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि अन्डर–१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको अन्डर–१९ टिममा रहेकी रियाले अन्डर–१९ एसिया कप पनि खेलिन् । पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन…
Read More
लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन

१ माघ, काठमाडौं । अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा विनासकारी आगलागीमा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको सम्झनामा आज काठमाडौँको सिनामङ्गलमा दीप प्रज्वलन गरिएको छ । समाजसेवी एवं आरएस वास एण्ड सर्भिस सेन्टरका प्रबन्ध निर्देशक राजेशप्रशाद लामिछानेको नेतृत्वमा यहाँका स्थानीयवासी, समाजसेवी, महिला तथा युवाहरुले उक्त दीप प्रज्वलन गर्नु भएको हो । बिनासकारी आगलागिमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुसहित सिनामङ्गलका युवा युवती, महिलाहरुले आज करिव पाँच सय वटा दीप प्रज्वलन गरेको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागिबाट धेरैले ज्यान गुमाए, कयौँ घाइते भएका छन्, कतिपय अझै बेपत्ता भएकाले ज्यान गुमाएका प्रति…
Read More
चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

२४ पुष, बुधबार, काठमाडौं । चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् । केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो । मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ । भूकम्पका कारण…
Read More
भारतबाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह, टावररहित मोबाइल सेवा

भारतबाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह, टावररहित मोबाइल सेवा

१९ पुष, नयाँ दिल्ली ।   भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउने वाला पनि छ। इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ। विशेष कुरा यो…
Read More
क्यानाडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु

क्यानाडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु

१५ पौष , काठमाडौँ । क्यानडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।तीन साताअघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो । डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन । उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो‍ फण्ड मी’ मा चन्दा…
Read More
आज ‘ख्रीष्टमस’ मनाइँदै, देशभर सार्वजनिक बिदा

आज ‘ख्रीष्टमस’ मनाइँदै, देशभर सार्वजनिक बिदा

१० पुष, झापा । आज डिसेम्बर २५ का दिन बिश्वब्यापीरुपमा प्रभू येशू ख्रीष्टको जन्मोत्सव अर्थात ‘ख्रीष्टमस डे’ मनाउँदैछन्। प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । आजभन्दा दुई हजार २५ वर्षअघि येशू ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कन्य कुमारी मरियमबाट जन्मिएका येशू ख्रीष्टले मानवजातिको निम्ति मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियनले समुदायले आजको दिनलाई बिशेष दिनको रुपमा ‘ख्रीष्टमस’ मनाउने गर्दछन् । नेपालको परिप्रेक्ष्यमा मण्डलीको आरम्भसंगै हर्सोलासका साथ अन्य देशहरुमा झै यस देशमा पनि भब्यताका साथ ख्रीष्टमस मनाउन आरम्भ भएको हो । हाल नेपालमा ३५ लाख ख्रीष्टियनले…
Read More
चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

२१ मंसिर, बेइजिङ । अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ । चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ । यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरिएको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ । तपाईलाई भनौं कि करिब १.४ अर्ब अर्थात् १४० करोड जनसंख्या भएको चीन विश्वको दोस्रो ठूलो…
Read More
चीनको भेजियाङमा दुई ठूला चर्चले संयुक्तरुपमा ख्रीष्टमस मनाउने तयारी

चीनको भेजियाङमा दुई ठूला चर्चले संयुक्तरुपमा ख्रीष्टमस मनाउने तयारी

२० मंसिर , काठमाण्डौ । झेजियाङका दुईवटा चर्चले संयुक्तरुपमा क्रिसमस मनाउने योजना घोषणा गरेका छन् । गत सोमबार, हाङ्झाउको चोङ्गी चर्चले डिसेम्बर २२– २५ मा “उनी तपाईलाई पर्खिरहेका छन्” विषयको क्रिसमस उत्सवहरू सुरु गर्ने बताएको छ । ख्रीष्टमसको अवसरमा पाँच कार्यक्रमको आयोजना गरिएको छ । प्रार्थना, सुसमाचार सभा, आराधाना र क्यारोल लगायतको कार्यक्रमहरु गरेर ख्रीष्टमस उत्सव मनाउने तयारी गरीरहेको बताइएको छ । ख्रीष्टमस कार्यक्रमको पूर्वसन्धयामा सिचेङ चर्चले संगीत सेवा, युवा भेला र क्रिसमसको अवसरमा नाटक सहित प्रस्तुत गर्ने बताइएको छ ।
Read More
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिलावादीहरुको उद्घोष

१८ मंसिर, मेचीनगर । चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउने हातले देश चलाउन सक्छ लगायत नारासहित आज ३३ औँ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा काँकरभिट्टा बजारमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको छ । र्याली काँकरभिट्टा बजार परिक्रमापछि हनुमान मन्दिर परिसरमा कोणसभामा परिणत भएको हो । कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्र्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । प्रभातफेरीसहितको र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि,…
Read More
फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

१८ मंसिर, काठमाडौं । अफ्रिकी राष्ट्र गिनीको एन जेरेकोर शहरमा आईतबार आयोजना भएको एउटा फुटबल प्रतियोगितामा झडप हुँदा १ सय जनाभन्दा बढी फुटबल समर्थकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । गिनीका जुन्टा नेता मामादी डौम्बौयाको सम्मानमा आयोजित फुटबल प्रतियोगितामा रेफ्रीले गलत निणर्य गरेपछि उत्पन्न विवादमा समर्थकहरुबीच उक्त झडप भएको बताइएको छ । ती समर्थकहरु मैदानमा प्रवेश गरेर उपद्रो मच्चाएपछि दुई पक्षबीच भिडन्त हुँदा १ सयभन्दा बढी व्यक्तिको ज्यान जानुको साथै दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन् । शवहरू अस्पतालको भुइँमा छरपष्ट पल्टिएका अवस्थामा रहेको बताइएको छ । उक्त खेललमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए…
Read More