Skip to main content

नयाँ तृष्णा

चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

Advertisement

बेइजिङ ।

अहिले चीनको सबैभन्दा ठूलो समस्या देशको घट्दो जन्मदर हो, जसलाई लिएर सरकार निकै चिन्तित छ । चिनियाँ सरकारले यसको समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ ।

यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । यो पहल चीनले लगातार दोस्रो वर्ष जनसङ्ख्यामा आएको गिरावटको सामना गरिरहेको बेला गरिएको हो। जसका कारण सरकारी श्रोत र अर्थतन्त्रमा वृद्धवृद्धाको प्रभावको चिन्ता बढ्दै गएको छ ।

तपाईलाई भनौं कि करिब १.४ अर्ब अर्थात् १४० करोड जनसंख्या भएको चीन विश्वको दोस्रो ठूलो जनसङ्ख्याको भएको देश हो। तर, यहाँ ज्येष्ठ नागरिकको संख्या बढी छ । यस्तो अवस्थामा कलेजका विद्यार्थीले भविष्यमा देशको जनसङ्ख्या विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ ।

अहिले धेरै युवाहरु रोमान्टिक सम्बन्ध बनाउन हिचकिचाउने गरेको अखबारले जनाएको छ । यस्तो अवस्थामा कलेज र युनिभर्सिटीले विवाह र प्रेम शिक्षाको पाठ्यक्रम उपलब्ध गराउन जरुरी छ । यस प्रयासको उद्देश्य विवाह र बच्चा जन्माउने वरिपरि अनुकूल सांस्कृतिक वातावरण प्रवर्द्धन गर्ने हो।

चेङकाइ युनिभर्सिटीका  प्रोफेसर चि युयान ही भन्छन, ‘यो जरूरी भइसकेको थियो, सरकारले यसबारेमा थप निर्णय लिनु पर्छ । लभ र रोमान्सवाट भागिरहेका चिनियाँहरूलाइ अब त्यसमा सामेल गर्नु पर्छ ।’

केही समय अगाडि एउटा सर्वेक्षण गरिएको थियो, जसले लगभग ५७ प्रतिशत कलेज विद्यार्थीहरू रोमान्टिक सम्बन्धमा संलग्न हुन चाहँदैनन् भन्ने कुरा पत्ता लगाएको थियो।  यसको सबैभन्दा ठूलो कारण शैक्षिक जिम्मेवारी र व्यक्तिगत सम्बन्धलाई सन्तुलनमा राख्न कठिनाइको सामना गर्नु हो।

केही दिन अघि एउटा क्यामेरा उत्पादक कम्पनीले अफिसमा रोमान्स गर्ने कर्मचारीलाइ नगद उपहारको घोषणा गरेको थियो । रोमान्स गरेमा २ हजार युयान र रोमान्स पछि बिबाह गरेमा १ हजार र सन्तान जन्माएमा ५ हजार युयान उपहार दिने घोषणा गरेको थियो । अहिले चीनमा रोमान्स गर्नेका लागि निजी कम्पनिहरूले धेरै अफर दिइरहेको समाचार पढन पाइन्छ ।

यस्तो अवस्थामा  सरकारले पनि कक्षा कोठामा ‘लभ र रोमान्स’ बारे पढाउने नीति लिएको हो, जुन सम्बन्धलाई उनीहरूले टाढै राख्ने प्रयास गरिरहेका थिए । । अब सरकारको यो प्रयासले परिस्थितिमा केही सुधार आउँछ कि गर्दैन्, त्यो हेर्न बाँकी नै छ ।

– न्यूज अफ नेपालबाट,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै

  काठमाडौं । कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती ...
बालबालिकामाथि यौन हिंसाविरुद्ध  सरोकारवालासँग अन्तरक्रिया

बालबालिकामाथि यौन हिंसाविरुद्ध सरोकारवालासँग अन्तरक्रिया

  काँकरभिट्टा। बालबालिकामाथि हुने यौनजन्य हिंसाको रोकथाम, बाल संरक्षण तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्...
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता

  १४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष क...
विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

विश्व मानव बेचबिखन विरुद्ध दिवस: नव अभियान नेपालको घरदैलो सचेतना कार्यक्रम

  काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सतीघट्टा चिया बगान क्ष...