नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

बाङ्ग्लादेशमा भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

बाङ्ग्लादेशमा भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

३१ आश्विन २०८२, शुक्रबार, बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको भन्दै अभियोजनकर्ताहरूले तात्कालिक प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरेका छन्। आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ता त्याग्न बाध्य भइन्। त्यसपछि उनले भारतमा शरण लिएकी छन्। मानवताविरुद्ध अपराध गरेको अभियोगमा उनको अनुपस्थितिमै हसिनाविरुद्ध मुद्दा चलेको छ। सार्वजनिक भएको एउटा अडिओ क्लिपमा शेख हसिनाले आन्दोलनकारीहरूविरुद्ध "घातक हतियारहरू" प्रयोग गर्न निर्देशन दिएको सुनिन्छ। यद्यपि उनले आफूमाथि लागेका अभियोगको खण्डन गरेकी छन्। बीबीसीबाट
Read More

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति १७ विद्यार्थी सङ्घठनको आपत्ति

२२ भाद्र २०८२, काठमाडौँ। नेपाल सरकारले भदौ १९ गतेदेखि सूचीकरणमा नपरेका फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइनसहित दर्जनौँ सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले सामाजिक सञ्जाल बन्द हुँदा सहज सञ्चारमा अवरोध भएको र यसले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको पहुँच, विद्यार्थीको अध्ययन–अनुसन्धान र अन्वेषणमा गम्भीर असर पारेको उल्लेख गरेका छन्। विद्यार्थी संगठनहरूले हाल करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमा आधारित रहेर बजार विस्तार र ग्राहक सम्पर्क गर्दै आएको तथ्याङ्क प्रस्तुत गर्दै प्रतिबन्धका कारण रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने खतरा रहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने…
Read More
प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

१६ भाद्र २०८२, सोमबार, थियानजिन (चीन) साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । न्युज अफ नेपाल
Read More

गाजामा अल जजिराका चार पत्रकारको मृत्यु, ज्यान गुमाउने पत्रकारको संख्या १८६ पुग्यो

२६ श्रावण २०८२, सोमबार, काठमाडौँ । गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भएको छ। निधन हुनेमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैकेह, क्यामेरा सहायक इब्राहिम जाहेर र मोहम्मद नुफाल रहेका छन्। अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो। आक्रमणपछि इजरायली सेनाले अनस अल–शरीफलाई हमासको आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरे पनि अल जजिराले यसलाई असत्य र पत्रकारमाथिको ‘उत्तेजना अभियान’को हिस्सा भएको बताएको छ। ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’का अनुसार अक्टोबर २०२३ देखि गाजामा इजरायली सैन्य कारबाहीमा १८६ पत्रकारको ज्यान गइसकेको छ।
Read More
हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार

हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार

२३ श्रावण २०८२, शुक्रबार, झापा । भारतका विभिन्न स्थानबाट हराएका चार जना नेपाली बालबालिकाको उद्धार गरी नेपाल ल्याइएको छ। धम्पालथान गाउँपालिका–७, मारेङ कमलपुरका १४ वर्षीय सर्बेन्द्र सिंह नुनिया भारतको फरबिसगञ्जस्थित मामाघरमा आफन्तको विवाहमा जन्ती जान गएका थिए। कलकत्तातर्फ जाने गाडिमा सुतिरहेको अवस्थामा हराएका उनी पाँच महिना पछि भारतको सिनी, कलकत्ताले फेला परे। उनलाई नव अभियान नेपालको समन्वय र नेपाल प्रहरी काँकरभिट्टाको सहयोगमा काँकरभिट्टामा उनका अभिभावक बलराम कुमारसिंह नुनियालाई बुझाइएको हो। भोजपुर, दोभाने मातेल–५ की १६ वर्षीया सम्निमा राई घरबाट हराएको १६ दिनपछि जलपाईगुडीस्थित बालिकाहरुको लागि निजलोय गृहको सहयोगमा उद्धार गरिएको छ। आफन्तको सल्लाहबिना होटेलमा काम लगाइदिने बहानामा भारत पुर्‍याइएकी एक…
Read More
ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

काठमाडौं, साउन १८ । महिला कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई सडनडेथ पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै लगातार पाँचौं पटक उपाधि जितेको छ। आइतबार राति इक्वेडरको रोड्रिगो पाज डेल्गाडो रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म ४–४ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यससँगै ब्राजिलले प्रतियोगिताको इतिहासमा कुल नौ पटक उपाधि जित्न सफल भएको छ। कोलम्बियाका लागि भने यो चौथो पटक फाइनलमा ब्राजिलसँगै पराजित हुने लज्जास्पद इतिहास दोहोरिएको छ। यसअघि २०१०, २०१४ र २०२२ को संस्करणमा पनि कोलम्बिया ब्राजिलसँगै फाइनलमा हार्दै उपविजेतामा सीमित रहनुपरेको थियो। तेस्रो स्थानमा अर्जेन्टिना तेस्रो स्थानका लागि शनिबार बिहान…
Read More
ह्वाट्सएपमा गज्जबको नयाँ फिचर आउँदै

ह्वाट्सएपमा गज्जबको नयाँ फिचर आउँदै

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । नाइट मोडले कसरी काम गर्छ ? WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ । उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ…
Read More
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु¥याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो । नागरिक संस्था किन नेपाल÷किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो । रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र…
Read More
अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण

  ८ असार २०८२, आईतवार, काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका हुन् । ट्रम्पका अनुसार फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि ट्रम्पले उल्लेख गरेका छन् । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएका हुन् । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण शुरु गरेको थियो । उक्त आक्रमणमा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको…
Read More
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति

इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति

बिहीबार, ०५ असार २०८२, एजेन्सी। इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन्। “आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो,” अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ। ‘विस्फोटको लहर’को असर अस्पतालमा परेको तर आक्रमणको ‘प्रत्यक्ष र सटीक लक्ष्य’ सैन्य सुविधा भएको इरानले बताएको छ। “यो आक्रमण अस्पताल नजिकै रहेको इजरायली प्रशासनको ‘कमाण्ड एण्ड इन्टेलिजेन्स सेन्टर’लाई…
Read More