Skip to main content

नयाँ तृष्णा

पोप लियोको स्पेन भ्रमण

Advertisement

 

म्याड्रिड, स्पेन:
क्याथोलिक धर्मगुरु पोप लियो चौधौंले आफ्नो सात दिने आधिकारिक स्पेन भ्रमण सुरु गरेका छन्। शनिबार स्पेनको शाही दरबारमा आयोजित विशेष समारोहमा राजा फेलिप छैठौं र रानी लेटिजियाले उनको स्वागत गरे।

भ्रमणको सुरुवातमै पोपले स्पेन सरकारको युद्धविरोधी नीति र आप्रवासी (शरणार्थी) हरूप्रति देखाएको सहयोगको प्रशंसा गरे। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजा र इरानका विषयमा इजरायल र अमेरिकाको आलोचना गर्दै आएका छन्। पोपले स्पेनको शान्तिपूर्ण तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने नीतिलाई सकारात्मक रूपमा उल्लेख गरे।

स्पेनमा आप्रवासीको विषयमा राजनीतिक मतभेद भए पनि पोपले आप्रवासीहरूको पक्षमा बोल्दै उनीहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

यस अवसरमा पोपले स्पेनको क्याथोलिक चर्चभित्र भएका यौन दुर्व्यवहारका घटनाहरूलाई चर्चको “खुला घाउ” भएको बताए। राजा फेलिपले यस समस्याविरुद्ध पोपले चालेका कडा कदमहरूको प्रशंसा गरे। सन् २०२३ को एक प्रतिवेदन अनुसार स्पेनमा करिब ४ लाख ४० हजार व्यक्ति चर्चसँग सम्बन्धित व्यक्तिहरूबाट पीडित भएको अनुमान गरिएको छ। यद्यपि चर्चले यो तथ्यांक अस्वीकार गर्दै आएको छ। पीडितहरूलाई क्षतिपूर्ति दिन स्पेन सरकार र चर्चबीच सम्झौता भइसकेको छ।

आफ्नो भ्रमणका क्रममा पोपले स्पेनको संसदलाई सम्बोधन गर्नेछन्। साथै, युरोप प्रवेश गर्ने क्रममा ज्यान गुमाएका हजारौं आप्रवासीहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हुन क्यानरी टापु पनि जानेछन्।

शनिबार म्याड्रिडमा आयोजित विशाल प्रार्थना सभामा करिब ४ लाख युवा सहभागी हुने अनुमान गरिएको थियो।

अमेरिकाको सिकागोमा जन्मिएका पोप लियो युद्धविरोधी विचारका लागि परिचित छन्। यही कारणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको आलोचना गर्दै आएका छन्। म्याड्रिडमा बोल्दै पोपले भने, “आजकल शान्तिको कुरा गर्दा मानिसहरूले त्यसलाई कमजोरी वा भ्रम ठान्न सक्छन्, तर निष्पक्ष सोच भएका मानिसहरूले शान्तिलाई सधैं स्वागत गर्छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...