Skip to main content

नयाँ तृष्णा

अमेरिकी ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

[adsforwp id="2511"]

९ जेष्ठ २०८३, शनिबार ,

अमेरिकाले ‘ग्रीन कार्ड’ प्राप्त गर्न चाहने विदेशी नागरिकका लागि आप्रवासन नियम थप कडा बनाएको छ। अब अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’का लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने नीति लागू गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआईएस) ले शुक्रबार नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाइँ स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो।

अमेरिकी गृह सुरक्षा विभागका अनुसार अस्थायी रूपमा अमेरिकामा रहेका विदेशी नागरिकले ‘ग्रीन कार्ड’ लिन आफ्नै देश फर्केर दूतावासमार्फत आवेदन दिनुपर्नेछ।

विभागले यसलाई आप्रवासन कानुनको सही कार्यान्वयन भनेको छ। यसले ‘लुपहोल’ प्रयोग गरेर स्थायी बसोबास अनुमति लिने प्रवृत्ति रोक्ने दाबी पनि विभागको छ।

‘अस्थायी रूपमा अमेरिकामा रहेका र ‘ग्रीन कार्ड’ चाहने विदेशी नागरिकले आवेदन दिन आफ्नै देश फर्किनुपर्छ। यो नीतिले आप्रवासन प्रणालीलाई कानुनले परिकल्पना गरेअनुसार सञ्चालन गर्न मद्दत गर्छ, ‘लुपहोल’ प्रयोगलाई प्रोत्साहन गर्दैन,’ युएससिआइएसले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

नयाँ नीतिले अन्य मुद्दा र आवेदन प्रक्रिया छिटो टुंग्याउन स्रोत तथा जनशक्ति केन्द्रित गर्न मद्दत पुग्ने पनि उसले जनाएको छ।

शरणार्थी तथा आप्रवासीलाई सहयोग गर्ने संस्थाहरूले यो निर्णयको विरोध गरेका छन्। आप्रवासी सहायता संस्था एचआइएएसले मानव बेचबिखनबाट बचेका व्यक्ति, दुर्व्यवहार तथा बेवास्ता झेलेका बालबालिकालाई समेत आफूले छोडेका जोखिमपूर्ण देशमा फर्केर ‘ग्रीन कार्ड’ प्रक्रिया पूरा गर्न बाध्य बनाइएको भन्दै चिन्ता व्यक्त गरेको छ।

यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन कडा बनाउने अभियानअन्तर्गत ल्याएको पछिल्लो कदम हो।

गत वर्ष ट्रम्प प्रशासनले विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रमका सहभागी र सञ्चारकर्मीको भिसा अवधि छोट्याएको थियो। जनवरीमा अमेरिकी विदेश मन्त्रालयले ट्रम्प पुनः सत्तामा आएयता एक लाखभन्दा बढी भिसा रद्द गरिएको जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...