मेचीनगर,२१ असार । अपाङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर सेवा दिने उदेश्यले मेचीनगरमा आगामी साउन १ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको छ । विहीबार मेचीनगर नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेशनको तर्फबाट साे कार्यक्रम अघि बढाउने त्रिपक्षीय सम्झौता भएको हाे । नगरपालिकाकी महिला तथा बालबालिका विकास शाखा प्रमुख जयन्ती खरेलले मेचीनगरमा अपङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर उनीहरूलाई सेवा सुविधा उपलब्ध गराउने जानकारी दिइन् । बैशाखी, ह्वीलचियर, स्वास्थ्य बीमा लगायतका सेवा प्रदान गराउने उनकाे भनाई छ । १० वर्षमुनिका अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा लगायतका अत्यावश्यक सेवा उपलब्ध हुने खरेलले बताइन् । आगामी…
झापा ,असार २१। मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ । सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बताए । उनले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । आफ्नो ब्यारेकभित्र…
मेचीनगर, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाई गर्ने भनिएको स्थगित भएको छ । नगरबासीहरुमा सार्वजनिक सुनुवाई हुने बिषयको पर्याप्त सूचना नपुगेको पाइएकाले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘नगरबासीहरुमा पर्याप्त सूचना पुगेको बुझिएन,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘सबै नगरबासीमा सूचना गरेर अर्को दिन गर्ने गरी आजलाई स्थगित गरियो ।’ यश आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे नगरपालिकाले मेची उद्योग वाणिज्य सघको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम गर्ने भनिए पनि त्यसको सूचना…
मेचीनगर, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाई गर्ने भएको छ । यस आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे सार्वजनिक सुनुवाई आयोजना गरिएको नगरपालिकाले जनाएको छ । धुलाबारीस्थीत मेची उद्योग वाणिज्य संघको सभा हलमा हुने सार्वजनिक सुनुवाईमा उपस्थीत भएर नगरबासीले आफ्नो जिज्ञासा राख्न पाउने बताइएको छ । यसैबीच सार्वजनिक सुनुवाईको सूचना गर्न नगरपालिकाले कन्जुस्याई गरेको पाइएको छ ।
असार १५, मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले किसानको खेतमा गई सामुहिक धान रोपाइँ गरेर असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाएको छ । आज असार १५ मा एमाले नगर कमिटीले मेचीनगर–९ शिवराज चोक स्थित रति किसानको १ बिगाहा खेतमा धान रोपेको हो । शनिबार विहान किसानको खेतमा धान रोपाइँमा एमालेका केन्द्रदेखि वडासम्मका करिव १५० जना बढीको सहभागता रहेको थियो । नौमती बाजासहित आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवास,…
सर्लाही। रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ। ‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो। उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो।
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…