नयाँ तृष्णा

अब मेचीनगरमा अपाङ्गता भएकालाई घरैमा पुगेर सेवा

Advertisement

मेचीनगर,२१ असार । अपाङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर सेवा दिने उदेश्यले मेचीनगरमा आगामी साउन १ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको छ ।

विहीबार मेचीनगर नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेशनको तर्फबाट साे कार्यक्रम अघि बढाउने त्रिपक्षीय सम्झौता भएको हाे ।

नगरपालिकाकी महिला तथा बालबालिका विकास शाखा प्रमुख जयन्ती खरेलले मेचीनगरमा अपङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर उनीहरूलाई सेवा सुविधा उपलब्ध गराउने जानकारी दिइन् । बैशाखी, ह्वीलचियर, स्वास्थ्य बीमा लगायतका सेवा प्रदान गराउने उनकाे भनाई छ ।

१० वर्षमुनिका अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा लगायतका अत्यावश्यक सेवा उपलब्ध हुने खरेलले बताइन् । आगामी साउन १ गतेदेखि २०८४ साल असार ३२ गतेसम्म साे कार्यक्रमका लागि एक कराेड २० लाख बढीको सम्झाैता भएको छ ।

प्रदेश र नगरपालिकाकाे करिव ९४ लाख र बाँकी रकम करूणा फाउणन्डेशनले गर्ने सम्झाैता छ । त्रिपक्षीय संयुक्त साझेदारी कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सह‌‌योग रहनेछ ।

कार्यक्रममा मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, सामाजिक विकास शाखा प्रमुख एवम् बरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, करूणा फाउन्डेस नेपालका निर्देशक योगेन्द्र गिरी, कार्यकारी निर्देशक दिपक सापकोटा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...