नयाँ तृष्णा

Day: २०८१ असार २२, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ ,असार २१। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गए विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले असाए २८ गए विश्वासको मत लिने गरी संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका हुन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन्। कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो ।
Read More
अब मेचीनगरमा अपाङ्गता भएकालाई घरैमा पुगेर सेवा

अब मेचीनगरमा अपाङ्गता भएकालाई घरैमा पुगेर सेवा

मेचीनगर,२१ असार । अपाङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर सेवा दिने उदेश्यले मेचीनगरमा आगामी साउन १ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको छ । विहीबार मेचीनगर नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेशनको तर्फबाट साे कार्यक्रम अघि बढाउने त्रिपक्षीय सम्झौता भएको हाे । नगरपालिकाकी महिला तथा बालबालिका विकास शाखा प्रमुख जयन्ती खरेलले मेचीनगरमा अपङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर उनीहरूलाई सेवा सुविधा उपलब्ध गराउने जानकारी दिइन् । बैशाखी, ह्वीलचियर, स्वास्थ्य बीमा लगायतका सेवा प्रदान गराउने उनकाे भनाई छ । १० वर्षमुनिका अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा लगायतका अत्यावश्यक सेवा उपलब्ध हुने खरेलले बताइन् । आगामी…
Read More
आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

  तेह्रथुम ,असार २१। आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। नेपालीले ४६ वर्षीया आफ्नै आमा तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय वसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको थियो। घरायसी विवादका कारण दीपकले आमालाई खुकुरी प्रहार गरेको खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको…
Read More
जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

झापा ,असार २१। मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ । सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बताए । उनले केन्द्रलाई  सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । आफ्नो ब्यारेकभित्र…
Read More