Skip to main content

नयाँ तृष्णा

सूचना पर्याप्त नपुगे पछि मेचीनगरको सार्वजनिक सुनुवाई स्थगित

Advertisement

मेचीनगर, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाई  गर्ने भनिएको स्थगित भएको छ ।

नगरबासीहरुमा सार्वजनिक सुनुवाई हुने बिषयको पर्याप्त सूचना नपुगेको पाइएकाले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘नगरबासीहरुमा पर्याप्त सूचना पुगेको बुझिएन,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘सबै नगरबासीमा सूचना गरेर अर्को दिन गर्ने गरी आजलाई स्थगित गरियो ।’

यश आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे नगरपालिकाले मेची उद्योग वाणिज्य सघको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रम गर्ने भनिए पनि त्यसको सूचना भने सबै तिर गरिएको थिएन । नगरपालिकाकै वेबसाईडमा समेत पनि सार्वजनिक सुनुवाई गर्ने बिषयको सूचना राखिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...
एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

एउटा फ्रेन्ड रिक्वेस्टले उजाडिएको जिन्दगी

बिशेष लेख , - हाेमराज राई, पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक ...