नयाँ तृष्णा

सूचना पर्याप्त नपुगे पछि मेचीनगरको सार्वजनिक सुनुवाई स्थगित

Advertisement

मेचीनगर, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाई  गर्ने भनिएको स्थगित भएको छ ।

नगरबासीहरुमा सार्वजनिक सुनुवाई हुने बिषयको पर्याप्त सूचना नपुगेको पाइएकाले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘नगरबासीहरुमा पर्याप्त सूचना पुगेको बुझिएन,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘सबै नगरबासीमा सूचना गरेर अर्को दिन गर्ने गरी आजलाई स्थगित गरियो ।’

यश आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे नगरपालिकाले मेची उद्योग वाणिज्य सघको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रम गर्ने भनिए पनि त्यसको सूचना भने सबै तिर गरिएको थिएन । नगरपालिकाकै वेबसाईडमा समेत पनि सार्वजनिक सुनुवाई गर्ने बिषयको सूचना राखिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

  नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्ब...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डि...
एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्न...
अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा  युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

  कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० ...