काठमाडौं ,असार २० । नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ । असार १६ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन लागेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिएका छन् । नेपालले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिदै नेतृत्वको चयन सर्वसम्मत हुने बताएका हुन् । अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालको दाबेदारी रहेकोमा भुसालले नेपाललाई छोड्न तयार भएको बताइएको छ । अध्यक्षमा दाबि गरेका भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव मध्ये एक पद रोज्न भनिएको छ । अध्यक्षमा सर्वसम्मत हुने भएसँगै अन्य पदमा समेत निर्वाचन नहुने भएको छ । अहिले नेताहरुले अन्य पदमा पनि सर्वसम्मत चयनको तयारी…
काठमाडौँ , असार २९ । सरकार फेर बदल चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिरहेका छन्। हालैको मन्त्रिपरिषद् बैठकमा उनले सम्पूर्ण मन्त्रीहरूलाई कडाइका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना-ठूला कसैलाई पनि नछोड्न प्रचण्डले स्पष्ट निर्देशन दिएका छन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, “रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहरूले हामीलाई कमजोर ठान्दै टाउकोमा टेक्न खोज्छन्। अब एक-एक गरी जाग्नुस्। हामी…
मेचीनगर, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाई गर्ने भनिएको स्थगित भएको छ । नगरबासीहरुमा सार्वजनिक सुनुवाई हुने बिषयको पर्याप्त सूचना नपुगेको पाइएकाले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘नगरबासीहरुमा पर्याप्त सूचना पुगेको बुझिएन,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘सबै नगरबासीमा सूचना गरेर अर्को दिन गर्ने गरी आजलाई स्थगित गरियो ।’ यश आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे नगरपालिकाले मेची उद्योग वाणिज्य सघको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम गर्ने भनिए पनि त्यसको सूचना…
मेचीनगर, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाई गर्ने भएको छ । यस आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे सार्वजनिक सुनुवाई आयोजना गरिएको नगरपालिकाले जनाएको छ । धुलाबारीस्थीत मेची उद्योग वाणिज्य संघको सभा हलमा हुने सार्वजनिक सुनुवाईमा उपस्थीत भएर नगरबासीले आफ्नो जिज्ञासा राख्न पाउने बताइएको छ । यसैबीच सार्वजनिक सुनुवाईको सूचना गर्न नगरपालिकाले कन्जुस्याई गरेको पाइएको छ ।
असार १९, काठमाडौं । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् । यो घटना हाथरसको फुलरई गाउँमा मंगलबार भएको थियो । गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाल्यो । त्यही क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए । स्वास्थ्यकर्मीहरुका अनुसार शवहरु यति धेरै भए कि पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे पर्यो । घटनास्थलको भिडियो हेर्दा अवस्था निकै हृदयविदारक र भयावह देखिन्छ । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्दै…
असार १९, काठमाडौं । प्रमुख दुई राजनीतिक दल एमाले र कांग्रेसले नयाँ सत्तासमीकरण बनाउने सहमति गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार राजनीतिक रूपमा अल्पमतमा परेको छ। सरकार राजनीतिक रूपमा अल्पमतमा परे पनि समर्थन गरेको दलले औपचारिक रूपमा समर्थन फिर्ता लिएको घोषणा नगर्दासम्म सरकार अल्पमतमा परेको मानिँदैन । कांग्रेससँग नयाँ गठबन्धन गरेको दल एमालेले भने प्रधानमन्त्री राजनीतिक रूपमा नै अल्पमतमा परेकाले राजीनामा गर्ने विश्वास गर्दै आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छैन। एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सहज हुने एमालेको ठहर छ। यद्यपि,…
असार १८, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्रीलाई बुधबारसम्म राजीनामा गरेर सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । नेता प्रदीप ज्ञवालीले बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल…
एजेन्सी, टोकियो । जापानले एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिण–पश्चिमी जापानी टापुमा रहेको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट सोमबार प्रक्षेपण गरिएको थियो । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अध्यक्ष हिरोसी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहत् कदम’ भएको बताए । ‘मलाई विश्वास छ, लगातार भएका दुई सफल उडानहरूले देशभित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ,’ जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रूपमा सफल भएको बताए । फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको…
असार १८, काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका थिए । नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् । बङ्गलादेशबाट तीन हजार…
असार १८, काबुल । गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् । अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय मिडिया टोलो न्युज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै जनाएको छ । हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएकोसमेत बताएका छन् । रिपोर्टका अनुसार २.५ मिलियन भन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग समान सङ्ख्या इरानमा पनि रहेका छन् । अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।