Skip to main content

नयाँ तृष्णा

एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्दै

Advertisement

काठमाडौं ,असार २० । नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

असार १६ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन लागेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिएका छन् ।

नेपालले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिदै नेतृत्वको चयन सर्वसम्मत हुने बताएका हुन् ।

अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालको दाबेदारी रहेकोमा भुसालले नेपाललाई छोड्न तयार भएको बताइएको छ ।

अध्यक्षमा दाबि गरेका भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव मध्ये एक पद रोज्न भनिएको छ । अध्यक्षमा सर्वसम्मत हुने भएसँगै अन्य पदमा समेत निर्वाचन नहुने भएको छ ।

अहिले नेताहरुले अन्य पदमा पनि सर्वसम्मत चयनको तयारी गरिरहेको र आज साँझसम्म नै सर्वसम्मत नेतृत्व घोषणा हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...