नयाँ तृष्णा

प्रमुख समाचार

स्थिरताको नाममा अर्को जंगबहादुर चाहिएको छैन : नेपाल

स्थिरताको नाममा अर्को जंगबहादुर चाहिएको छैन : नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको स्थिरताको नाममा अर्को जंगबहादुर नचाहिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने उनको भनाइ छ। कुनै पनि लोकतान्त्रिक मुलुकमा पहिलो र दोस्रो दलले सरकार बनाउँदैनन् भनेका नेपालले सदनलाई बलियो प्रतिपक्षको अभावमा राखेर स्वेच्छाचारी गर्न खोज्ने जोखिम रहेको बताए। ‘भोलि पछुताउनु नपरोस् । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस्। एउटा व्यक्तिको स्वेच्छाचारी शासन सम्भव छैन,’ उनले भने। उनले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने जिकिर गरे।…
Read More
राजनीतिक अस्थिरताको कारण कांग्रेस-एमाले हुन् : राप्रपा

राजनीतिक अस्थिरताको कारण कांग्रेस-एमाले हुन् : राप्रपा

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकको यो अवस्था आउनु र जनतामा निराशा छाउनुमा कांग्रेस–एमाले नै मुख्य कारक रहेको बताए । संख्याको बलमा राजनीतिक स्थिरता प्राप्त नहुने भन्दै उनले पटकपटक बहुमत ल्याएका दलले पनि विगतमा सरकार पूरा समय चलाउन नसकेको चर्चा गरे। त्यसैले राजनीतिक स्थिरताका लागि भन्दै संख्याको बल देखाउनु गलत भएको उनको भनाइ थियो। ‘पटकपटक कांग्रेसले बहुमत ल्यायो। कम्युनिस्ट पार्टीले त करिब दुईतिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चलाउन सक्नुभएन,’ उनले भने,…
Read More
सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सबै युट्युबर पत्रकार नभएको बताएका छन् । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबर हुन सक्छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । नेपाली मिडिया जगत्को नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् । समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुससरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् । ‘युट्युब र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन् खालका नकारात्मक सामग्री पोखिएका छन् । त्यसलाई चामल र भुसजत्तिकै छानेर सञ्चारमाध्यमका रूपमा आएका युट्युब र अन्य युट्युब भनी छुट्याउन र चिन्नुपर्छ,’ उनले…
Read More
काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

काठमाडौँ । माल्दिभ्समा भइरहेको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित पाएको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० ले पराजित गर्‍यो ।  यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागी च्याम्पियनसिपमा २ अङ्कसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अङ्कविहीन छ । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । अब शनिवारै हुने किर्गिस्तान र श्रीलङ्काबिचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय…
Read More
भारतको नहरमा भेटियो त्रिशूलीमा हराएका थप एक जनाको शव

भारतको नहरमा भेटियो त्रिशूलीमा हराएका थप एक जनाको शव

काठमाडौँ। त्रिशूलीमा बेपत्ता भएका थप एक जनाको शव भारतमा भेटाएको छ । शुक्रबार साँझ भारत पश्चिम चम्पारण बगाहास्थित नहरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक जनाको शव भेटाएको हो । सशस्त्र प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । शव नेपाल ल्याउन एसएसबीसँग समन्वयका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) त्रिवेणीका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा ५ जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसअघि शुक्रबार नै दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएका थिए ।
Read More
उपसभामुख रानाको स्पष्टोक्ति- ‘मबाट अनैतिक कार्य भएको छैन र हुनेछैन’

उपसभामुख रानाको स्पष्टोक्ति- ‘मबाट अनैतिक कार्य भएको छैन र हुनेछैन’

 श्रावण ४ , काठमाडौ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर निकालिएको विवादबारे प्रस्टीकरण दिएकी छिन्। उपसभामुख रानाले आज एक विज्ञप्ति निकाली आफूबाट कुनै अनैतिक कार्य नभएको स्पष्ट पारेकी हुन्। उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र अमेरिकामा आयोजित कार्यक्रममा जानका लागि आएको निमन्त्रणलाई स्वीकार गरेर आफू कार्यक्रममा सहभागी भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्। त्यसक्रममा सोही कार्यक्रममा सहभागी हुन अन्य केहीलाई पनि निमन्त्रणा आएको र उनीहरूलाई अन्तर्वार्ताका लागि मिति दिइदिन अनुरोध गरेकाले आफूले सो पत्र लेखेको उनको भनाइ छ। करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झन्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उपसभामुखले यसलाई आफूविरुद्धको नियोजित…
Read More
बागमतीमा राप्रपाले सरकारलाई विश्वासको मत नदिने

बागमतीमा राप्रपाले सरकारलाई विश्वासको मत नदिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। राप्रपाका बागमती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
Read More
सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न  विज्ञापन बोर्डको आग्रह

सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न विज्ञापन बोर्डको आग्रह

साउन ४, काठमाडौं । विज्ञापन बोर्डले सूचीकृत सञ्चारमाध्यम र एजेन्सीसँग मात्रै विज्ञापनको कारोबार गर्न सरोकारवालालाई सूचित गरेको छ । बोर्डमा सूचीकृत नभएका संस्थाहरूसँगको कारोबार नियमसंगत नहुने उसले जनाएको छ । बोर्डले बिहीबार चारबुँदे सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३, विज्ञापन (नियमन गर्ने) ऐन र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सरोकारवालालाई आग्रह गरेको छ । पहिलो बुँदामा बोर्डमा सूचीकृत सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ भने दोस्रो बुँदामा सूचीकृत एजेन्सीहरूसँग मात्रै कारोबार गर्ने–गराउने भनिएको छ । ‘सञ्चारमाध्यममा सोझै विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भए त्यस्तो सञ्चारमाध्यमले जारी गरेको बिलबमोजिम तथा विज्ञापन एजेन्सीमार्फत विज्ञापन…
Read More
सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

, साउन ३ काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । रिपोर्टका अनुसार बुधबार साँझ भएको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ । हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो । चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ ।
Read More
प्रधानमन्त्री ओलीले ६ साउनमा विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले ६ साउनमा विश्वासको मत लिने

साउन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन‍्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने भएका हुन्। त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए।
Read More