Skip to main content

नयाँ तृष्णा

सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

Advertisement
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सबै युट्युबर पत्रकार नभएको बताएका छन् ।
‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबर हुन सक्छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

नेपाली मिडिया जगत्को नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् ।

समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुससरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।
‘युट्युब र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन् खालका नकारात्मक सामग्री पोखिएका छन् ।

त्यसलाई चामल र भुसजत्तिकै छानेर सञ्चारमाध्यमका रूपमा आएका युट्युब र अन्य युट्युब भनी छुट्याउन र चिन्नुपर्छ,’ उनले लेखेका छन् ।

प्रश्न उठाउने मात्र नभई समाधानका विकल्पसहितको पत्रकारिता गर्नुपर्ने दायित्व मिडिया जगत्मा आइपरेको उनको भनाइ छ । त्यसरी गरिने पत्रकारिता सिर्जनात्मक, रचनात्मक र समाधानमुखी हुने उनको धारणा छ । ‘प्रश्न उठाउने र समस्या राख्नेमा मात्र अबको पत्रकारिता केन्द्रित छैन ।

समाधानका सम्भावित उपाय, विकल्पसहित प्रश्न उठाउने दायित्व मिडिया जगत्मा छ । समाधान के हुन सक्छ, अहिले किन भइरहेको छैन, असल सुरुवात के भइरहेका छन्, त्यसमा बाधा के, कसरी भइरहेको छ जस्ता जिज्ञासासहितलाई मिडिया जगत्ले प्रस्तुत गर्दा सिर्जनात्मक, रचनात्मक र समाधानमुखी पत्रकारिता गरेको ठहर्छ,’ बस्नेतले लेखेका छन् ।

पछिल्लो समय प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कन्टेन्टलाई कडाइ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...