नयाँ तृष्णा

Day: २०८१ श्रावण ६, आईतवार

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा १८८ सांसद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् ।  उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत…
Read More
स्थिरताको नाममा अर्को जंगबहादुर चाहिएको छैन : नेपाल

स्थिरताको नाममा अर्को जंगबहादुर चाहिएको छैन : नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको स्थिरताको नाममा अर्को जंगबहादुर नचाहिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने उनको भनाइ छ। कुनै पनि लोकतान्त्रिक मुलुकमा पहिलो र दोस्रो दलले सरकार बनाउँदैनन् भनेका नेपालले सदनलाई बलियो प्रतिपक्षको अभावमा राखेर स्वेच्छाचारी गर्न खोज्ने जोखिम रहेको बताए। ‘भोलि पछुताउनु नपरोस् । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस्। एउटा व्यक्तिको स्वेच्छाचारी शासन सम्भव छैन,’ उनले भने। उनले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने जिकिर गरे।…
Read More
राजनीतिक अस्थिरताको कारण कांग्रेस-एमाले हुन् : राप्रपा

राजनीतिक अस्थिरताको कारण कांग्रेस-एमाले हुन् : राप्रपा

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकको यो अवस्था आउनु र जनतामा निराशा छाउनुमा कांग्रेस–एमाले नै मुख्य कारक रहेको बताए । संख्याको बलमा राजनीतिक स्थिरता प्राप्त नहुने भन्दै उनले पटकपटक बहुमत ल्याएका दलले पनि विगतमा सरकार पूरा समय चलाउन नसकेको चर्चा गरे। त्यसैले राजनीतिक स्थिरताका लागि भन्दै संख्याको बल देखाउनु गलत भएको उनको भनाइ थियो। ‘पटकपटक कांग्रेसले बहुमत ल्यायो। कम्युनिस्ट पार्टीले त करिब दुईतिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चलाउन सक्नुभएन,’ उनले भने,…
Read More
सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्छ : बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सबै युट्युबर पत्रकार नभएको बताएका छन् । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबर हुन सक्छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । नेपाली मिडिया जगत्को नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् । समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुससरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् । ‘युट्युब र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन् खालका नकारात्मक सामग्री पोखिएका छन् । त्यसलाई चामल र भुसजत्तिकै छानेर सञ्चारमाध्यमका रूपमा आएका युट्युब र अन्य युट्युब भनी छुट्याउन र चिन्नुपर्छ,’ उनले…
Read More