इस्लामाबाद । भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ । पाकिस्तानले भनेको छ, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’ प्रधानमन्त्री शाहबाज शरीफले बुधबार पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् । अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे । उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भनाई छ । यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनले दाबी…
काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा पाण्डे विजेता घोषित भएका हुन् । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे प्रशेषले टीम खेम सेन्चुरीको समूहबाट प्रतिनिधित्वगरेका थिए। यस्तै कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।
झापा । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् । झापाको बिर्तामोडमा आयोजित मोर्चाको भेलाले पालुङ्वालाई सर्वसम्वत संयोजकमा चयन गरेको हो । चार वटा पहिचानबादी पार्टीहरुको एकीकरण पछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञान वहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा तगार भएको हो । मोर्चाको सह संयोजकमा भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीर वहादुर राई, कालिवहादुर…
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को पहिलो सेमिफाइनल खेल आजदेखि शुरु हुँदैछ । फाइनल प्रवेशका लागि बुधबार शनिश्चरे एफसी र रेडहर्ष इलाम आमनेसामने हुँदैछन् । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो भने रेडहर्ष इलामले कञ्चनजंघा एफसी सिलिगुडीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुने खेलको विजेताले फाइनल प्रवेश गर्दै कम्तिमा ६१ हजार सुरक्षित गर्नेछ । भोलिको दोश्रो सेमिफाइनल खेल आयोजक बाहुण्डाँगी युवा क्लब र धाइजन एफसीबीच हुनेछ । खेलको प्लेयर अफ द म्याचको…
झापा । दुई साताअघि सवारी दुर्घटनामा घाइते भएका सहारा नेपाल साकोसका कर्मचारी प्रल्हाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ । सहारा नेपालको लक्ष्मीपुर शाखामा समूह प्रवर्द्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ गते बिर्तामोड ६ स्थित रेखा पुलनजिक दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा आज दिउँसो २ः१५ बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २६ वर्षीय राजवंशी र उक्त मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी २३ वर्षीया प्रियंँका राजवंशी घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो…
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गर्ने तेश्रो टोली बनेको हो । बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो । पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो । शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको…
मेचीनगर । धाइजन फुटबल क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनल प्रवेश गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको आइतबार सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा ब्रदर्श युनाइटेड एफसी चन्द्रगढीलाई २–० ले पाखा लगाउँदै धाइजनले सेमिफाइनलको यात्रा तय गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको पहिलो हाफ बराबरी सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा धाइजन एफसीले दुवै गोल गरेको थियो । ५१ औँ मिनेटमा धाइजन एफसीका लागि सागर रसाइलीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, ७९ औँ मिनेटमा धाइजन एफसीका जर्सी नम्बर २ का आशिष…
११ बैशाख, मेचीनगर, । शनिवारदेखि प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुँदैछ । बाहुनडाँगी युवा क्लबको आयोजनामा यही बैशाख १३ गतेदेखि २० गतेसम्म विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल रेडहर्ष एफसी इलाम र केएफसी सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट…
११ वैशाख, काठमाडौँ। आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको २०६३ साल वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको…
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन् । त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।