Skip to main content

नयाँ तृष्णा

शनिवारदेखि ‘प्रथम बाहुनडाँगी च्यालेञ्ज कप’

Advertisement

११ बैशाख,

मेचीनगर,  । शनिवारदेखि प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुँदैछ । बाहुनडाँगी युवा क्लबको आयोजनामा यही बैशाख १३ गतेदेखि २० गतेसम्म विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने आज पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मेचीनगर–४ स्थित सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल रेडहर्ष एफसी इलाम र केएफसी सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गर्ने भएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न कुल ११ लाख २२ हजार खर्च र १६ लाख रुपैयाँ अनुमानित आय गर्ने सोच आयोजकको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ नगदसहित ट्रफी, मुख्य प्रायोजक र आयोजकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतियोगिताको सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि र साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रालि रहेको छ ।

प्रतियोगिताको संरक्षकमा मेचीनगर–४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुनडाँगी जेसीज, आरआरटी रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।

प्रतियोगितामा भारतको दुईसहित ८ वटा टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा रेड हर्ष एफसी इलाम, केएफसी. सिलिगुडी (भारत), धाइजन एफसी., ब्रदर्श युनाइटेड एफसी, शनिश्चरे एफसी झापा, जहदा एफसी, मोरङ, आयोजक बाहुनडाँगी युवा क्लब, रथखोला फुटबल एकाडेमी नक्सलबारी (भारत) सहभागिता जनाउने छन् ।

कार्यक्रममा विद्या विकास एकेडेमीका संस्थापक बद्री निरौला, पूर्व अध्यक्ष पोषककुमार दर्जी, आर्थिक समिति संयोजक एवम् कोषाध्यक्ष ऐश्वर्या सुवेदी, बाहुनडाँगी जेसीजका अध्यक्ष नित्यानन्द चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव निरज राईले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...