नयाँ तृष्णा

ब्रदर्श युनाइनेट एफसी चन्द्रगढीलाई हराउँदै धाइजन सेमिफाइनलमा

Advertisement

मेचीनगर । धाइजन फुटबल क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनल प्रवेश गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको आइतबार सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा ब्रदर्श युनाइटेड एफसी चन्द्रगढीलाई २–० ले पाखा लगाउँदै धाइजनले सेमिफाइनलको यात्रा तय गरेको हो ।

मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको पहिलो हाफ बराबरी सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा धाइजन एफसीले दुवै गोल गरेको थियो । ५१ औँ मिनेटमा धाइजन एफसीका लागि सागर रसाइलीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी, ७९ औँ मिनेटमा धाइजन एफसीका जर्सी नम्बर २ का आशिष चापागाईले पहिलो बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो । उनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टिमको जीत सुनिश्चित गराएका थिए ।

१० औँ मिनेटमा ब्रदर्श युनाइटेडका सामेल तामाङको प्रहार धाइजन एफसीका गोलरक्षक विपिन चौधरीले बचाए । १३ औँ मिनेटमा धाइजनका सागर रसाइलीले दुई जनालाई विट गर्दै गरेको प्रहार फ्रेममा राख्न सकेनन् । ३० औँ मिनेटमा ब्रदर्श युनाइटेडका प्रविन राईको प्रहार गोलरक्षक चौधरीले सजिलै बचाए । ३५ औँ मिनेटमा चन्द्रगढी युनाइटेड अग्रता बनाउन चुक्यो । ब्रदर्श युनाइटेडका सविन मगरको लेफ्‌ट फुटेट सर्ट गोलरक्षक विपिन चौधरीले मुस्किलले बचाए । ७५ औँ मिनेटमा आशिष चापगाईको लङ रेन्ज प्रहारलाई देवन भुजेलले उत्कृष्ट बचाउ गरे ।

खेलको प्लेयर अफ द म्याच धाइजन एफसीका सागर रसाइली घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।

भोलिको खेल जहदा एफसी मोरङ र शनिश्चरे एफसी झापाबीच हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् ।

प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...