मेचीनगर । धाइजन फुटबल क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनल प्रवेश गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको आइतबार सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा ब्रदर्श युनाइटेड एफसी चन्द्रगढीलाई २–० ले पाखा लगाउँदै धाइजनले सेमिफाइनलको यात्रा तय गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको पहिलो हाफ बराबरी सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा धाइजन एफसीले दुवै गोल गरेको थियो । ५१ औँ मिनेटमा धाइजन एफसीका लागि सागर रसाइलीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, ७९ औँ मिनेटमा धाइजन एफसीका जर्सी नम्बर २ का आशिष…