Skip to main content

नयाँ तृष्णा

चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार

Advertisement
झापा । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् । झापाको बिर्तामोडमा आयोजित मोर्चाको भेलाले पालुङ्वालाई सर्वसम्वत संयोजकमा चयन गरेको हो । चार वटा पहिचानबादी पार्टीहरुको एकीकरण पछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो । केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा. महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञान वहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा तगार भएको हो । मोर्चाको सह संयोजकमा भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीर वहादुर राई, कालिवहादुर खेवाङ, गंगा दुलाल ,संगम खनाल , थीर वहादुर खवास र सदस्य सचिवमा प्रमेश थापा चयन भएका छन् । पालुङ्गाको नेतृत्वमा ७९ सदस्यीय झापा जिल्लाको मोर्चा तयार र १३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एकीकरण गर्ने अभिप्रायले जिल्ला नेतृत्व तयार गरिएको संयोजक पालुङ्वाले बताए । पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्नि मेचेको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि थेगिम, नेपाल जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, संयुक्त पहिचानवादीका नेता, त्रिनारायण राजवंशी, संयुक्त पहिचानवादी मोर्चाका सचिवालय सदस्य खगेन्द्र माखिम, नेपाल जनमुक्ति पार्टीका नेता संजुहाङ पालुङ्वा, ज्ञानवहादुर गुरुङ,नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञान वहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत पहिचानवादी मोर्चाका सदस्य सचिव प्रमेश थापा मगरले गरेको कार्यक्रमको संचालन जनमुक्ति पार्टी झापा सचिव पदम कन्दङ्वाले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...