Skip to main content

नयाँ तृष्णा

बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा

[adsforwp id="2511"]

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ । जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गर्ने तेश्रो टोली बनेको हो ।

बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो । पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो ।

शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको पासमा अभिषेक गुरुङले जाली चुमाएका थिए । १८ औँ मिनेटमा जहदा एफसीका लागि सुरज लिम्बूले गोल गर्दै खेललाई बराबरी बनाएका थिए । गोलरक्षक आयुष योङहाङको गल्तीको फाइदा उठाउँदै सुरज लिम्बूले सुन्दर गोल गरे । गोलरक्षक अगाडि बढेको अवस्थामा विट गर्दै सुरजले गोल गरेका थिए ।

खेलको ४९ औँ मिनेटमा शनिश्चरे एफसीका लागि गणेश गजमेरले गोल गर्दै खेलको स्थिति २–१ पुर्‍याएका थिए । क्षितिज अधिकारीको स्थानमा दोश्रो हाफमा मैदान प्रवेश गरेका गजमेरले जहदा एफसीको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।

जहदा एफसीका सविन राईले डिबक्स भित्र बल क्लियर गर्न नसक्दा गणेशले उत्कृष्ट गोल गरे ।
जहदा एफसीका लागि अवि लिम्बूले ५५ औँ मिनेटमा बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । उनले टिमका लागि गर्दै खेलको स्थिति २–२ बनाए । आक्रामक मुभ बनाएको शनिश्चरेले इञ्जुरी समयमा गोल गरेको थियो । शनिश्चरे एफसीका देवेन्द्र तामाङले गोल गर्दै टिमलाई जीत नजिक पुर्‍याएका थिए । देवेन्द्रले प्रहार गरेको फ्रिकिक गोलरक्षक आलोक लिम्बूले बचाउन सकेनन् ।

अनुभवी खेलाडीहरु देवेन्द्र तामाङ, रेजिन सुब्बा, दिवस उरावँ, अभिषेक गुरुङलगायतका खेलाडी मैदान उतारेको शनिश्चरेले अधिकांश समय बल नियन्त्रणमा राखेको थियो ।

खेलको प्लेयर अफ द म्याच दिवस उराँव घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।

भोलिको खेल आयोजक बाहुण्डाँगी युवा क्लब र रथखोला फुटबल एकेडेमी, नक्सलबारी भारतबीच हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।

प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् ।

प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...