Skip to main content

नयाँ तृष्णा

Day: २०८३ आश्विन १, बिहीबार

विश्वकर्मा पूजा ः धार्मिक आस्था, वैदिक इतिहास र यसको वास्तविक अर्थ

विश्वकर्मा पूजा ः धार्मिक आस्था, वैदिक इतिहास र यसको वास्तविक अर्थ

हरेक वर्ष सेप्टेम्बर महिनामा नेपाल तथा भारतका विभिन्न ठाउँमा विश्वकर्मा पूजा श्रद्धापूर्वक मनाइन्छ। विशेषगरी कारखाना, वर्कसप, ग्यारेज, उद्योग, निर्माण क्षेत्र तथा विभिन्न प्राविधिक पेशामा संलग्न मानिसहरूले आफ्ना औजार, मेसिन, सवारीसाधन र कार्यस्थलको पूजा गर्छन्। आजको समयमा यो पर्व केवल धार्मिक अनुष्ठानमा सीमित छैनस यसले श्रम, सीप, प्रविधि र उत्पादनप्रतिको सम्मानसमेत व्यक्त गर्छ। तर एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ—विश्वकर्मा वास्तवमा को हुन्रु विश्वकर्मा पूजा किन गरिन्छरु यसको आधार वेदमा के छरु र आज हामीले मनाउने विश्वकर्मा पूजा प्राचीन समयदेखि यस्तै थियो कि समयक्रममा यसको स्वरूप परिवर्तन भएको हो ? यी प्रश्नको उत्तर खोज्दा धार्मिक विश्वास र ऐतिहासिक तथ्यलाई छुट्टाछुट्टै बुझ्नु आवश्यक…
Read More
प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । सो क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो । उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले हरेक १५/१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक मासिक रुपमा घोषणा गरिएको हो । १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम धकेलिएको थियो ।
Read More
पेलेगा डाँडाबाट निस्किएको धुवाँमा विषाक्त कार्बन मोनोअक्साइड, नजिक नजान विज्ञको आग्रह

पेलेगा डाँडाबाट निस्किएको धुवाँमा विषाक्त कार्बन मोनोअक्साइड, नजिक नजान विज्ञको आग्रह

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको धुवाँमा विषाक्त कार्बन मोनोअक्साइड रहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ। खानी तथा भूगर्भ विभागको टोलीले स्थलगत अध्ययन गरेपछि स्थानीयलाई धुवाँ नजिक नजान, नसुँघ्न तथा आसपासको पानी प्रयोग नगर्न आग्रह गरेको छ। पेलेगा डाँडाको घाँगी भीर क्षेत्रमा लामो समयदेखि धुवाँ निस्किरहेको जानकारीपछि विभागको टोलीले बुधबार स्थलगत अध्ययन गरेको थियो। चट्टान, धुवाँको रङ, गन्ध तथा नमुनाको प्रारम्भिक परीक्षणका आधारमा धुवाँमा कार्बन मोनोअक्साइड रहेको विज्ञहरूले बताएका छन्। खानी विज्ञ प्रकाश लुइँटेलका अनुसार कार्बनयुक्त चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनको सम्पर्कमा आएपछि हुने रासायनिक प्रतिक्रियाबाट ताप उत्पन्न भएको र त्यसले चट्टानलाई भित्रभित्रै बल्न सहयोग गरेको हुनसक्छ। यस क्रममा…
Read More