Skip to main content

नयाँ तृष्णा

Breaking News 1

फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

फुटबल खेलका क्रममा झडप हुँदा गिनीमा सयौंको मृत्यु

१८ मंसिर, काठमाडौं । अफ्रिकी राष्ट्र गिनीको एन जेरेकोर शहरमा आईतबार आयोजना भएको एउटा फुटबल प्रतियोगितामा झडप हुँदा १ सय जनाभन्दा बढी फुटबल समर्थकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । गिनीका जुन्टा नेता मामादी डौम्बौयाको सम्मानमा आयोजित फुटबल प्रतियोगितामा रेफ्रीले गलत निणर्य गरेपछि उत्पन्न विवादमा समर्थकहरुबीच उक्त झडप भएको बताइएको छ । ती समर्थकहरु मैदानमा प्रवेश गरेर उपद्रो मच्चाएपछि दुई पक्षबीच भिडन्त हुँदा १ सयभन्दा बढी व्यक्तिको ज्यान जानुको साथै दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन् । शवहरू अस्पतालको भुइँमा छरपष्ट पल्टिएका अवस्थामा रहेको बताइएको छ । उक्त खेललमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए…
Read More
कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

१७ मंसिर, विराटनगर ।  कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ लिएका छन्। कोशी  प्रदेश प्रमुख पर्शुराम खापुङसामू उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी आरोप लागेपछि राजीनामा दिएका थिए। रिक्त उक्त मन्त्रालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए।  
Read More
झापामा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान शुरु : हिंसा अन्त्यको माग गर्दै काँकरभिट्टामा प्रभातफेरि (तस्विर सहित)

झापामा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान शुरु : हिंसा अन्त्यको माग गर्दै काँकरभिट्टामा प्रभातफेरि (तस्विर सहित)

  १० मंसिर , मेचीनगर । लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियानकाे पहिलाे दिन आज झापाकाे मेचीनगरमा प्रभात फेरि सहितको र्याली निकालेको छ । हरेक वर्षकाे २५ नाेभेम्बरदेखि १० डिसेम्बर वा (२०८१ मंसिर १० देखि २५ गते) सम्म याे अभियान सञ्चालन हुने गर्दछ । ‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाकाे आयोजनामा प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय परपसरबाट शुरू भएको र्यालीले “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकाशका लागि लैङ्गिक हिंसा रहित समाज”, “हिंसामुक्त समाज हाम्रो प्रतिवद्धता, “बालबालिकालाई शिक्षामा जोड दिऊँ”, “हाम्रो आधार सुरक्षित, हाम्रो…
Read More
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

९ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्। कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंलाई अदालतले कारण देखाऊ आदेशसहित अदालतमा उपस्थित गराउन आदेश गरेको हो।​​
Read More
झापा काउन्सेलरद्धारा ‘इन्टरनेट सेफ्टी’ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

झापा काउन्सेलरद्धारा ‘इन्टरनेट सेफ्टी’ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

तरुण राई, ७ मंसिर, काँकरभिट्टा । एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा इन्टरनेट सेफ्टी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक्का नेपाल झापाका काउन्सेलरको आयोजना र एमिटी पब्लिक स्कूल काँकरभिट्टामा रहेको एमिटी प्रकृति क्लबको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम मेचीनगर नगरपालिका–६, काँकरभिट्टामा अवस्थित सूर्योदय अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो। अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विष्णु प्रसाई, प्रियंका दनुवार लगायत एमिटी प्रकृति क्लबबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुद्धारा आजको समयमा इन्टरनेटको महत्व र आवश्यकता, बालबालिकाहरुले इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने साथै इन्टरनेट दुरप्रयोग भइहालेमा यसको हानि र जोखिमहरुबाट कसरी जोगिने र इन्टरनेट प्रयोग गर्दा आफु असुरक्षित भएमा यसले निम्त्याउन सक्ने मानसिक र…
Read More
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ सङ्कल्पित रहन निर्देशन दिए । समाजमा कानुनी शासनको प्रयात्याभूति दिलाउनु प्रहरीको…
Read More
सडक फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले गरे १ लाख जरिवाना

सडक फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले गरे १ लाख जरिवाना

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
Read More
भोलि काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन

भोलि काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन

६ मंसिर, काठमाडौं । शुक्रबार काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्‍य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडाैंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ । यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिने भएका छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् । सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ । यता, दुर्गा प्रसाई समर्थकहरुले…
Read More
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

४ मंसिर , काठमाडौं । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान पक्राउ परेका हुन्।
Read More
चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

चौंथो खुदुनाबारी गोल्डकप : बुधवार मेचीनगर र शिवसताक्षी फाइनल भिड्दै

३ मंसिर, मेचीनगर । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा पुगेको छ । आजको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका उपाधि नजिक पुगेको हो । मेचीनगरका खेलाडी सनम भुजेलले ह्याट्रिक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं र ६९ औं मिनेटमा थप दुई वटा गोल गरेका थिए । मेचीनगरको तर्फबाट पहिलो गोल सरोज कार्कीले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मेचीनगरका लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफमा भद्रपुरका गोलरक्षक देव लिम्बूले…
Read More