३० कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’, उनले भने,‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर…
२८ कात्तिक, काठमाडौं । नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो । यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउदै ८३ रनमा रोकेको थियो । यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदै छ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो…
२८ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन् । घिसिंङले भने- ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरी उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ पत्रकार सम्मेलनले आफूलाई राजनीति गरेको आरोप लागेको बताउँदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताएका छन् । उनले आफूले लोकप्रियताका…
२७ कार्तिक, दुवइ । दुबईको जाबेल पार्कमा किरात याक्थुङ चुम्लुङ युएईको प्रस्तावमा युएईमा रहेका लिम्बू जन्य संस्थाहरु किरात याक्थुङ चुम्लुङ युएई, थुप्पोको थेबे लिम्बू समाज युएई, युमा साम्यो महासभा युएई र किरात धर्म तथा साहित्य उत्थान संघ युएई ले पहिलो पटक युएईमा संयुक्त रुपमा यले तङ्बे ५०८४ को वलिहाङ तङ्नाम साथै बनभोज कार्यक्रम बृहत रुपमा मनाएको छ। उक्त कार्यक्रमले युएईमा रहेको लिम्बू जन्य संस्थाहरुको आपसी सम्बन्ध र एकताको राम्रो संदेश दिएको छ। कार्यक्रम याक्थुङ लिम्बुहरुको मौलिक खाना साथै विभिन्न खेलकुदहरुका साथ् आयोजना भएको थियो। मौलिक भेषभुषामा पुरुष तर्फ थुप्पोको थेबे लिम्बू समाज युएईका अध्यक्ष पोबो थेबे सेमी र महिला तर्फ…
बिर्तामोड, २४ कात्तिक । कनकाई र बिर्तामोड नगरका पाँच वटा मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिवसिय क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्तामोड स्थित लिंकन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबार र शनिबार मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिने सो तालिम दिइएको हो । तालिममा बिर्तामोडको लिंकन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरपालिकाको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागिता रहेको थियो । मन्टेश्वरीका शिक्षिक–शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले बताए । तालिममा सहभागी शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण दिएका थिए । पाटन शिक्षण तालिम केन्द्र ललितपुर, नेपाल सरकार शिक्षा मन्त्रालय सिटीईभिटी रोष्टर, बाल…
२३ कार्तिक, झापा। झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्। वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ। पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बाँस्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन्। यस्तै, वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह,…
२२ कार्तिक , झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठको व्रत लिनेहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अहिले पनि नदी तथा तलाउका किनारमा व्रतालुहरु बसिरहेका छन् । उनीहरु रातभर जाग्राम बस्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । झापाको बिर्तामोडमा नेपाल मेधेशी सेवा समाजको आयोजनामा बिर्तामोड–३, बिर्ताबजार अदुवा खोलामा छठ पुजा तथा साँगीतिक समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री एकराज…
२० कार्तिक, काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । राउत समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि…
१९ कार्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै छ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने छ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो। सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ। अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा उत्रने छ।
१७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् । सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए । दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् । यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।…