Skip to main content

नयाँ तृष्णा

किरात याक्थुङ चुम्लुङ युएईले मनाए बनभोज कार्यक्रम

[adsforwp id="2511"]

२७ कार्तिक,

  1. दुवइ । दुबईको जाबेल पार्कमा किरात याक्थुङ चुम्लुङ युएईको प्रस्तावमा युएईमा रहेका लिम्बू जन्य संस्थाहरु किरात याक्थुङ चुम्लुङ युएई, थुप्पोको थेबे लिम्बू समाज युएई, युमा साम्यो महासभा युएई र किरात धर्म तथा साहित्य उत्थान संघ युएई ले पहिलो पटक युएईमा संयुक्त रुपमा यले तङ्बे ५०८४ को वलिहाङ तङ्नाम साथै बनभोज कार्यक्रम बृहत रुपमा मनाएको छ।

उक्त कार्यक्रमले युएईमा रहेको लिम्बू जन्य संस्थाहरुको आपसी सम्बन्ध र एकताको राम्रो संदेश दिएको छ।

कार्यक्रम याक्थुङ लिम्बुहरुको मौलिक खाना साथै विभिन्न खेलकुदहरुका साथ् आयोजना भएको थियो। मौलिक भेषभुषामा पुरुष तर्फ थुप्पोको थेबे लिम्बू समाज युएईका अध्यक्ष पोबो थेबे सेमी र महिला तर्फ किरात याक्थुङ चुम्लुङ युएईकी केन्द्रिय सदस्य सन्जा लिम्बू उत्कृष्ट घोषित भएका थिए भने खेलकुद तर्फ डोरी तान्ने खेलमा संस्थागत प्रतियोगिता भएको थियो जसमा पुरुष तर्फ किरात याक्थुङ चुम्लुङ युएई र महिला तर्फ थुप्पोको थेबे लिम्बू समाज युएई विजय भएको थियो। त्यस्तै अन्य खेल सिलाम साक्मा बनाउने, तातो आलु जस्ता खेलहरु पनि थिए।

सम्पूर्ण खेलकुदको संयोजक थुप्पोको थेबे लिम्बु समाज युएईबाट मिलन थेबे ज्युले गर्नु भएको थियो । साथै बनभोज कार्यक्रमको बिशेष आकर्षण लारिङ्गेक नाम्लिङ्गेक खेलिएको थियो भने यालाङ पनि नाचिएको थियो।

बलिहाङ तङ्नामकै अवसर पारेर भाग्यशाली चिट्ठाको पनि ओपनिङ गरिएको थियो जसमा प्रथम पुरस्कार टिकट न. १३१८ नगद दिराम २५००/- बिजेता बबी, दोश्रो पुरस्कार टिकट न. ०९६८ नगद दिराम १,५००/- बिजेता दुक्छ्यान तामाङ र तेश्रो पुरस्कार टिकट न. १३०४ नगद दिराम १,०००/- बिजेता प्रत्युषा भएका थिए।

संयुक्त रुपमा आयोजित यस बलिहाङ तङ्नाम साथै बनभोज कार्यक्रमले युएईमा रहेका याक्थुङ लिम्बू जन्य संस्थाहरुको आपसी सम्बन्ध अझ बलियो बनाउदै आउँदो दिनहरुमा पनि यस्तै सहकार्य गरि अगाडी बढ्ने भनि किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल बहादुर लावती, थुप्पोको थेबे लिम्बू समाज युएईका अध्यक्ष पोबो थेबे सेमी, युमा साम्यो महासभा युएईका कार्यबाहक अध्यक्ष राम योङ्हाङ बैदारे ठुले, र किरात धर्म तथा साहित्य उत्थान संघ युएईकी अध्यक्ष शिवरात्रि नाल्बो ज्युले अपेक्षा राख्नु भएको जानकारी गराउनु भयो ।

उक्त कार्यक्रमको संयोजक युमा साम्यो महासभा युएईका उपाध्यक्ष श्री गोबिन्द कुमार लुम्फुवाँ ज्युले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...