Skip to main content

नयाँ तृष्णा

Breaking News 1

मेचीनगरका श्रेष्ठको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको आग्रह

मेचीनगरका श्रेष्ठको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको आग्रह

१६ कार्तिक , झापा । झापा मेचीनगर-३ का कुमार श्रेष्ठलाई उपचारमा समस्या परेको छ । क्यान्सर रोगबाट ग्रसित उनी जीवनमरणको दोसाँधमा रहे पनि अहिले आर्थिक अभावका कारण थप समस्या झेल्दै आएका छन् । बिगत २ बर्षदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठ हाल विर्तामोड स्थित “पूर्वाञ्चल क्यान्सर अस्पताल” मा उपचाररत छन् । तर, आर्थिक अवस्था कमजोर रहेका उनीलाई थप उपचारमा समस्या भएको उनका दाई विप्लप श्रेष्ठले जनाए । उनका परिवारको अनुसार कुमारको उपचारमा १५ लाख बढी खर्च भइसकेको बताएको छ । आफुहरूसंग भएको सबै पैसा सकियो अझै उपचारमा लाखौं रकम लाग्ने अस्पतालले जनाएको छ । तर, पैसा अभावले बिरामीको उपचारमा समस्या भइरहेको परिवार…
Read More
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

१५ कार्तिक, काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज राती १२बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट…
Read More
नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन

नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन

१४ कार्तिक, काठमाडौँ । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो । खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ ।  बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई…
Read More
लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै  प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

१३ कार्तिक, काठमाडौँ। माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् । त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही रहेका छन् । उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार…
Read More
भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा

११ कार्तिक, झापा । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो…
Read More
चुच्चे नक्सा अंकित १००  दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन…
Read More
नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

८ कार्तिक, काठमाडौँ ।  नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए । यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी समुह बी बाट श्रीलंका…
Read More
अमेरिकी राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा

८ कार्तिक, काठमाडौं । विश्वको शक्तिशाली देश अमेरिकाको राष्ट्रपति निर्वाचन आउन अब दुई हप्तामात्रै बाँकी छ। निर्वाचनमा सहभागी भएका दलमध्ये रिपब्लिकन र डेमोक्र्याट उम्मेदवारबीच एक अर्कामाथि आरोप लगाउने क्रम तीव्र रूपमा अघि बढेको छ। नोभेम्बर ५ मा हुने उक्त निर्वाचनमा कसले बाजी मार्छ अहिले नै भन्न कठिन देखिएको छ। अहिलेको निर्वाचनमा सहभागी भएका दुई राष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनान्ड टम्पबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। मुख्य निर्वाचनको दिन आउन दुई हप्ता बाँकी भए पनि विश्वभर छरिएर रहेका अमेरिकी नागरिक र अमेकामा नै बसोवास गरिरहेका नागरिकमध्ये १ करोड ५० लाखभन्दा बढीले मतदान गरिसकेका छन्। आगामी चार वर्षका लागि…
Read More
रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु भएपछि स्थानीयबासीद्वारा प्रहरी विटमा आगजनी

रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु भएपछि स्थानीयबासीद्वारा प्रहरी विटमा आगजनी

झापा- रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन्। करिब हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन्। सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन्। असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन्। काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन्। मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ। ती बालिकाको आज जन्मदिन रहेको…
Read More
माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

५ कार्तिक, काठमाडौँ ।  नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरीह जस्तो देखिएको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए । यो जितपछि समूह बी मा रहेको नेपालको ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । समूह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो…
Read More