Skip to main content

नयाँ तृष्णा

रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु भएपछि स्थानीयबासीद्वारा प्रहरी विटमा आगजनी

[adsforwp id="2511"]

झापा- रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन्।

करिब हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन्। सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन्।

असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन्। काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन्। मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ।

ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए। बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कँदै गर्दा रात्रिबसले ठक्कर दिएको हो।

आक्रोशित समूहले त्यहाँस्थित ट्राफिक प्रहरी बिटमा आगजनी गरेर आसपास क्षेत्रमा तोडफोड समेत गरेको छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बस र बस चालक शिवसताक्षी नगरपालिका वडा नम्बर–१ का ३२ बर्षिय बिशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट डीएसपी कृष्णकुमार चन्दको कमाण्डमा ७० जना र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट निरन खड्काको कमाण्डमा ७० जनासहित ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...