१५ पौष , काठमाडौँ । क्यानडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।तीन साताअघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो । डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन । उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो फण्ड मी’ मा चन्दा…
१३ पुष, बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको १० औं जिल्ला अधिवेशनले पुष्प खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा सम्पन्न अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा टीकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा छन् । कार्यसमितिमा पछि २ जना सदस्य थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको छ । अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ ।…
मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको विभिन्न स्थानबाट ९ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट २ जना बालकको उद्धार गरेको छ। बाणगङगा नगरपालिका ६ कपिलबस्तु घर भएका बर्ष १५ का सोहन थारुलाई भारतको कलकता र धनुषाको मिथिला नगरपालिका ४ बस्ने बर्ष १५ का अजित बहादुर घिसिङ्गलाई बंगालको जल्पाइगुडी स्थित फेला पारेका थिए । उनीहरुलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धार गरी शुक्रबार नेपाल ल्याएर अभिभावकलाई पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले नयाँ तृष्णा अनलाइनलाई जानकारी दिएका थिए । अभिभावकको अनुसार ९ महिनादेखि बेपत्ता…
झापा । आज बिश्वब्यापीरुपमा येशू ख्रीष्टको जन्मोत्सव अर्थात‘ख्रीष्टमस डे’ बिभिन्न कार्यक्रमकासाथ मनायो । प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । एकअर्कामा ख्रीष्टले सिकाउनु भएको एकता,प्रेम र उपहार साटासाट गर्ने तथा सम्मान कार्यक्रमहरुसमेत भएको थियो । पूर्वका बिभिन्न चर्चहरुले आ–आफ्नो क्षेत्रहरुमा मनाएको छ । झापा,इलाम,मोरङ,सुनसरी बिभिन्न जिल्लाहरुमा भब्यताकासाथ मनाएको छ । झापाको काँकरभिट्टा, धुलाबारी, बाहुन्डाँगी, बिर्तामोड, सुरुङ्गा, दमक, इलामको बिभिन्न चर्चहरुले ख्रीष्टमस मनाएको छ भने देशको प्राय सबै चर्चहरुले भब्य र सभ्यतामा सम्पन्न गरेको छ । ‘ख्रीष्टमस’को अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी गरिँदैछ । ख्रीष्टमस डेमा येशूको शिक्षा एवं उपदेशको…
१० पुष, झापा । आज डिसेम्बर २५ का दिन बिश्वब्यापीरुपमा प्रभू येशू ख्रीष्टको जन्मोत्सव अर्थात ‘ख्रीष्टमस डे’ मनाउँदैछन्। प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । आजभन्दा दुई हजार २५ वर्षअघि येशू ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कन्य कुमारी मरियमबाट जन्मिएका येशू ख्रीष्टले मानवजातिको निम्ति मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियनले समुदायले आजको दिनलाई बिशेष दिनको रुपमा ‘ख्रीष्टमस’ मनाउने गर्दछन् । नेपालको परिप्रेक्ष्यमा मण्डलीको आरम्भसंगै हर्सोलासका साथ अन्य देशहरुमा झै यस देशमा पनि भब्यताका साथ ख्रीष्टमस मनाउन आरम्भ भएको हो । हाल नेपालमा ३५ लाख ख्रीष्टियनले…
९ पुस , झापा । धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका लम्की सामुदायिक चर्चका पाष्टर जन्मजय भट्टराईलाई बिना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टीले माग गरेको छ । इसाई धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ख्रिष्टमसको खुशीयालीमा कैलालीको लम्की चुहा नगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा असाह्य बालबालिकालाई किताब बोक्ने झोला र स्टेशनरी बितरण गर्ने क्रममा धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका उनलाई बिना सर्त रिहा गर्न आमूल परिवर्तन नागरिक पार्टी (एपीएन)ले माग गरेको हो । भट्टराई पक्राउ परेको खबर पाउनासाथ सो पार्टीले प्रेस विज्ञप्ति जारी गरेका छ । अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ : नेपालको संविधानको धारा २६ (१)…
९ पुस, धनगढी। कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्ने बहानामा विद्यार्थीहरुलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ । उनले लम्की चुहानगरपालिका–१ मा…
बिर्तामोड । प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन राखेको थियो…
६ पुस, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पारे । उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मारे । टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए । कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि…
५ पुस, बिर्तामोड। चर्च ब्वाइज युनाइटेड प्रथम झापा कपको फाइनलमा पुगेको छ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले…