१ माघ, काठमाडौं । अमेरिकाको लस एन्जलस र क्यालिफोर्नियामा विनासकारी आगलागीमा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको सम्झनामा आज काठमाडौँको सिनामङ्गलमा दीप प्रज्वलन गरिएको छ । समाजसेवी एवं आरएस वास एण्ड सर्भिस सेन्टरका प्रबन्ध निर्देशक राजेशप्रशाद लामिछानेको नेतृत्वमा यहाँका स्थानीयवासी, समाजसेवी, महिला तथा युवाहरुले उक्त दीप प्रज्वलन गर्नु भएको हो । बिनासकारी आगलागिमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुसहित सिनामङ्गलका युवा युवती, महिलाहरुले आज करिव पाँच सय वटा दीप प्रज्वलन गरेको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागिबाट धेरैले ज्यान गुमाए, कयौँ घाइते भएका छन्, कतिपय अझै बेपत्ता भएकाले ज्यान गुमाएका प्रति…
Share झापा । झापामा आठौं राष्ट्रिय भाक्का (भाका) दिवस सोमबार हर्सोल्लासका साथ मनाइएको छ। जिल्लाको बिर्तामोड, भद्रपुर, बाह्रदशीसहित विभिन्न स्थानमा भक्का दिवस हर्सोउल्लासका साथ मनाइएको हो। झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भब्यताको साथ भाक्का दिवस मनाइएको छ । राजवंशी समाज झापाको आयोजनामा विभिन्न नगरपालिकाहरु मिलेर एकसाथ भाक्का दिवस मनाएको हो । कार्याक्रममा विभिन्न पालिका ब्यवसायकर्मीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्देश्य भनेको भाक्कालाई ब्यबसाय र सांकृतिक पहिचानकोरुपमा खाजालाई प्रयोगमा जोड दिएको छ । कार्यक्रममा विभिन्न नेता समाजसेवीले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता राजवंशी बिकास समाजका अभय राजवंशीले गरेका थिए । प्रमुख अतिथि खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रि…
मेचीनगर । कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार काँकरभिट्टाको आफ्नै चर्च भवनमा ११ औं बार्षिक साधारण सभाले रेभ शमूएल तामाङको अध्यक्षतामा २ पदेन सदस्यसहित १६ सदस्यीय परिषद गठन भएको हो । कृपा फ्रि मेथोडिस्ट चर्च परिषदको सचिवमा डिकन होमराज राई, कोषाध्यक्ष डिकन डि वी राना चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा डिकन रेखा पुन, गुरुआमा लिली तामाङ, रुथ सुब्बा, कला राई, सन बहादुर थापा, रन्जना सुजी, शुसिला तामाङ, दिना तामाङ, उमेश लामा, अर्जुन मुखिया र बिकास गुरुङ गठन भएका छन् भने पदेन सदस्यमा आमा दिदीबहिनी संगतीका अध्यक्ष दिलु मुखिया र जवान…
२४ पुस, मेचीनगर । काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसबाट गैँडाको खाग जस्तो देखिने वस्तु र खैरो हिरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो साढे ३ वजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको टोलीले हिमालय गेस्ट हाउसको १०२ नं.कोठामा बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामबाट गैँडाको खाग जस्तो देखिने वस्तु बरामद गरेको हो । प्रहरीका अनुसार इनटेक्स लेखिएको कार्टुनभित्र १८.६ इन्च सतह गोलाइ, ८.६ इन्च उचाइ, १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग जस्तो देखिने वस्तु रहेको छ । त्यस्तै प्रहरीले रामधामबाट प्लाष्टिकसहित ३ ग्राम ७६० मिलिग्राम लागुऔषध (खैरो…
२४ पुष, बुधबार, काठमाडौं । चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् । केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो । मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ । भूकम्पका कारण…
२२ पुष २०८१, सोमबार मेचीनगर । झापाको मेचीनगरमा रहेको जागृत बाल उद्धार केन्द्र नेपाललाई कृपा फ्रि मेथोडिस्ट चर्चद्धारा खाद्यन्न सामग्री वितरण गरेको छ । केन्द्रमा कुल १३ जना बालबालिका आश्रित छन् । चर्चले प्रदान गरेको राहत सामाग्री चामल ९० केजी,तेल १० लिटर,दाल ५ केजी, चिनी ५ केजी,चिया रंग १ केजी, र मिठाइ २० पकेट गरि १५ हजार ९६० बराबरको राहत केन्द्रका सञ्चालक समितिका अध्यक्ष अम्बर बिष्टले ग्रहण गरेका थिए । अध्यक्ष बिष्टले बालबालिकाप्रति वास्तागरी देखाउनु भएकोे प्रेमकोे कदर गर्दै सहयोगी हातहरुलाई धन्यवाद दिइएका थिए । चर्चका रेभ पास्टर शमूएल तामाङले भन्नुभयो, बाइबल धर्मशास्त्रले अनाथ र बिधुवालाई हेर्नु भनेर लेखिएको बचन…
१९ पुष, नयाँ दिल्ली । भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउने वाला पनि छ। इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ। विशेष कुरा यो…
१७ पुस , झापा । जंगलमा घाँस र दाउरा काट्न गएका समूहकी मध्ये एकजना महिलालाई हात्तीले लखेटेर आक्रमण गर्दा मृत्यु भएको छ । कचनकबल गाउँपालिका–७ स्थित दिपज्योति सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका १५÷२० जनाको समूह मध्येकी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशीलाई आज मध्यान्न १२ वजे जंगली हात्तीले लखेटेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई हात्तीले लखेटेर खेदाएको बनियानी प्रहरीमा जानकारी हुनासाथ खोजी गर्दा दिउँसो साढे ४ वजे वनमा घाइते अवस्थामा फेला परेको प्रहरीको भनाई छ । वनदेखि बनियानीको ९ किलोमिटर पश्चिम उत्तरमा राजबंशीलाई घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनियानीको टोलीले जनाएको छ । घाइते…
झापा । आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक आज पार्टी कार्यालय बल्खुमा बसेको छ। सचिवालय बैठक पार्टी उपमहासचिव नरेश क्षीतिजले सञ्चालन गर्नु भएको थियो भने पार्टी अध्यक्ष दल मर्दन कामीको अध्यक्षता,विशेष उपस्थिती पार्टीका अध्यक्ष भरत गिरी,विशेष अतिथी पार्टीका सल्लाहकार डा. ऋषि रिमाल साथै वरिष्ठ नेता कमला हेमचुरी सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा सचिवालय बैठक सम्पन्न भएको छ। ृ उक्त सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ। निर्णयहरु:- बागमति,लुम्बिनी तथा क र्णाली प्रदेशका ईन्चार्ज तथा सहईन्चार्जहरुबाट अहिलेसम्म भएका कार्य प्रगति तथा सम्भावना र चुनाैती लगायत विषयहरु सहितकाे रिपोर्टिङ प्रस्तुत गरिएको थियो। कार्यालय ब्यवस्थापन लगायत कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम आगामी पाैष २५ गते…
१५ पुष, झापा । आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय कार्यालय बल्खुमा दुई विभाग गठन भएको छ। पार्टीको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता र पार्टीका अर्का अध्यक्ष भरत गिरीको विशिष्ठ अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पार्टीका विभिन्न केन्द्रीय स्तरका नेताहरुको उपस्थति रहेको थियो। कार्यक्रम सञ्चालन भने पार्टी उपमहासचिव नरेश क्षितिजले गर्नु भएको थियो। पार्टी अध्यक्ष गिरीले संगठन भित्र विभिन्न विभाग बनाउन आवश्यक रहन्छ संगठनलाई चुस्त दुरुस्त बनाउन।त्यसैले आज हामी यहाँ भेला भएका छौं। आज दुइटा विभाग सूचना,सञ्चार,प्रचार तथा युवा गठन गर्न गइरहेको छौं । दुवै विभालाई शुभकामना तथा अझ शसक्त भएर अगाडी बढ्न समेत निर्देशन गिरीले दिनुभएको छ।…