Skip to main content

नयाँ तृष्णा

क्यानाडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु

[adsforwp id="2511"]

१५ पौष ,

काठमाडौँ । क्यानडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।तीन साताअघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो ।

डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन ।

उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो‍ फण्ड मी’ मा चन्दा संकलन शुरू गरिएको थियो । उनका अभिभावक नेपालबाट गएपछि डिसेम्बर २६ साँझ ८ बजे सचिनालाई दिइएको भेन्टिलेटरको सपोर्ट हटाइएको थियो ।

अन्टारियोको लण्डनम} गत वर्षको फेब्रुअरीमा सडक दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने अन्य ७ जना गम्भीर घाइते भएका थिए । २०२४ मा मात्रै सडक दुर्घटनामा परेर क्यानाडामा तीन जना नेपाली विद्यार्थीहरूको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...