बिहीबार, ०५ असार २०८२, एजेन्सी। इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन्। “आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो,” अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ। ‘विस्फोटको लहर’को असर अस्पतालमा परेको तर आक्रमणको ‘प्रत्यक्ष र सटीक लक्ष्य’ सैन्य सुविधा भएको इरानले बताएको छ। “यो आक्रमण अस्पताल नजिकै रहेको इजरायली प्रशासनको ‘कमाण्ड एण्ड इन्टेलिजेन्स सेन्टर’लाई…
काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको १२ स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो । प्रेस क्लबको स्थापना दिवसकै अवसर पारेर क्लबमा आबद्ध ३९ जना पत्रकारहरुको दुई लाख बराबरको दुर्घटना विमा गरिएको अध्यक्षका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो । पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक…
झापा . वरिष्ठ संगीतकार रञ्जित गजमेर यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । गोर्खा फाउन्डेसनद्वारा प्रदान गरिँदै आएको उक्त प्रतिष्ठित सम्मान शनिबार झापाको बिर्तामोडमा आयोजित भव्य समारोबीच यस वर्ष बिसे नगर्ची सम्मान प्रदान गरिएको हो । संगीतकार गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रुमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो कि’ जस्ता कालजयी गीतमा संगीत भरेका छन् । नेपाली चलचित्र र आधुनिक संगीत क्षेत्रमा गजमेरको योगदानलाई उच्च प्रशंसा गरिएको छ। गजमेरसँगै शिक्षासेवी जयनारायण ढुंगानालाई समेत उक्त सम्मान प्रदान गरिएको छ । आयोजक गोर्खा फाउन्डेसनका अध्यक्ष विरू दर्नालका अनुसार समारोहमा यसै कार्यक्रममा गीत-संगीत, साहित्य…
२९ जेठ, काँकरभिट्टामा , सरकारले सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । आज काँकरभिट्टामा सुनचाँदी व्यवसायीले करको विरोद्धमा प्रदर्शन गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगरले ‘सम्पूर्ण सुनचाँदी व्यवसायी, कालिगढ तथा कर्मचारी एक हौँ’ व्यानरसहित सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता कर्मचारी, कालिगढ तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर लगायतका नारा, प्लेकार्ड बोकेर काँकरभिट्टा बजारमा विरोद्ध प्रदर्शन गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगरका अध्यक्ष टोलबहादुर सुनुवार (नारायण) ले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेजीको माग गर्दै विरोद्ध…
झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाले विद्यालय २ दिन विदा दिइएको छ । गाउँपालिका प्रमुख हुकुमसिंह राईले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले दुई दिन विदा गरिएको जानकारी दिए । पालिकाको सूचना अनुसार बुधबार र बिहीबार दुई दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने छन् । हाललाई दिइएको विदा वर्षे बिदामा मिलान गरिने उल्लेख छ । पछिल्लो केही दिनयता झापामा बढेको अत्यधिक गर्मीले जनजीवन नै प्रभावित बनाएको छ । गर्मी बढेसँगै झापाका अन्य पालिकाले समेत बिदा दिने तयारी गरेको बुझिएको छ ।
झापा, २४ जेठ । विर्तामोड । झापाको विर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन । उनले प्रविधिको प्रयोग गर्दै विद्यार्थीले तयार पारेको रिमोट कन्ट्रोल बिद्धुत सर्किटको प्रयोग गर्दै पानसमा बत्ती बालेर उद्घाटन गरिन् । कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले बिर्तामोड स्थित देवि माविमा शनिबारदेखि सोमबारसम्म सञ्चालन गरेको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने दावी गरिन् । पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक, नीजि…
२२ जेष्ठ २०८२, तरुण राई, मेचीनगर । विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ वृक्ष रोपण र सरसफाइ कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएकाे छ । ‘परिवर्तनका लागी यूवा’ समुह र हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबको आयोजना, एक्का नेपाल र मगुरमाडी समुदाय वन समितिको सहयोगमा मेचीनगर नगरपालिका -०९, मगुरमाडी अवस्थित हातेमालो विकास टोल क्षेत्रमा सरसफाई सहित ‘विश्व वातावरण दिवसको २०२५’ सम्पन्न भएको छ। मगुरमाडी समुदाय वन समितिका अध्यक्ष अमर लिम्बूले “हामीले दिनहुँ प्रयोग गरिने प्लास्टिकका सामग्रीहरुमा हुने ‘माइक्रो प्लास्टिक’मा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (PAHs), भारी धातुहरु, प्लास्टिसाइजरहरु, पफ्थालेट् जस्ता विषालु…
१८ जेष्ठ २०८२, आईतवार, मेचीनगर । करुणा फाउन्डेसन, कोशी प्रदेश र मेचीनगर नगरपालिकाको सहकार्यमा, शुभबिहानी मिलीजुली समूहको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धिका लागि एक दिने टोलस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम मेचीनगर नगरपालिका–०६ स्थित मेची सामुदायिक सभा हलमा आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष ललित बहादुर तामाङ हुनुहुन्थ्यो। कार्यक्रममा रोनिशा तिम्सिनाले सहभागीबीच प्रशिक्षण दिएकी थिइन् । शुभबिहानी मिलीजुली समूहका अध्यक्ष बिष्णु प्रसाई, पूर्व क्षितिज अपाङ्ग संघ (ओपिडी ) का वरिष्ठ उपाध्यक्ष गंगा संग्रौला, वडाका अन्य जनप्रतिनिधि तथा नगरस्तरका त्यसैगरी नगरपालिका सहजकर्ता सी बी आर का कर्मचारी…
१७ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ । यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख…
झापा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको रक्षार्थ जीवन अर्पण गरेका क्रान्तिकारी पत्रकार, साहित्यकार एवम् लेखक कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा २४औं स्मृति दिवस झापाको विर्तामोडमा सम्पन्न भएको छ। आज मंगलबार जनपत्रकार संगठन नेपाल झापा जिल्ला समितिको आयोजनामा आयोजित कार्यक्रममा संगठनका झापा जिल्ला संयोजक प्रवीण अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेकपा झापा सचिव सञ्जय सी, जिल्ला नेताहरू चमनलाल सी, कुमार सी, युवा संगठन नेपाल झापा इञ्चार्ज मणि सी लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सचिव कृष्ण सेनको योगदानको स्मरण गर्दै प्रेस स्वतन्त्रता, वैज्ञानिक समाजवाद र मानव अधिकारका लागि निरन्तर संघर्ष जारी राख्नुपर्ने आवश्यकता औंल्याएका…