Skip to main content

नयाँ तृष्णा

इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति

[adsforwp id="2511"]

बिहीबार, ०५ असार २०८२,

एजेन्सी।

इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन्।

“आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो,” अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ।

‘विस्फोटको लहर’को असर अस्पतालमा परेको तर आक्रमणको ‘प्रत्यक्ष र सटीक लक्ष्य’ सैन्य सुविधा भएको इरानले बताएको छ।

“यो आक्रमण अस्पताल नजिकै रहेको इजरायली प्रशासनको ‘कमाण्ड एण्ड इन्टेलिजेन्स सेन्टर’लाई लक्षित गरिएको र क्षेप्यास्त्रको निशाना अत्यन्त सटिक र निर्देशित बनाइएको थियो,’ सरकारी टेलिभिजनद्वारा प्रशारित इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सेनाले इजरायलको हवाई क्षेत्र रक्षाविहीन रहेको र त्यहाँ कुनै पनि सुरक्षित स्थान नहुने चेतावनी यसअघि नै दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...