Skip to main content

नयाँ तृष्णा

Breaking News 1

तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता

तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं। काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार ६२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बाँकी ३ जना नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर गर्ने तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतलाई प्रतिवादी बनाएर अदालतमा अभियोजन दर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, संगठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।…
Read More
हराइरहेका ११ वर्षीय बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन

हराइरहेका ११ वर्षीय बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन

झापा । करीब साढे तीन महिनादेखि हराइरहेका मोरङको विराटनगर–८ मथुरा टोल निवासी ११ वर्षीय बालक दिप अग्रवालको सकुशल उद्धार गरिएको छ। काँकरभिट्टा नाकामा कार्यृरत सामाजिक संस्था नव अभियान नेपाल र भारतको कोलकातामा अवस्थित नेपाली दूतावासको संयुक्त पहलमा बालकलाई फेला पारेर आज काँकरभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइ उनको दिदी खुसी अग्रवालको जिम्मा दिइएको हो। बालक अग्रवाल हराएपछि विभिन्न निकायमार्फत खोजीकार्य भइरहेको थियो। नव अभियान नेपाल र नेपाली दूतावास कोलकाताको समन्वयमा भएको खोजी तथा उद्धार अभियान सफल भई बालकलाई सुरक्षित रूपमा घर फिर्ता गराइएको नव अभियान नेपाल शाखा काँकरभिट्टाका प्रमुख कुमार बस्नेतले नयाँ तृष्णा डटकमलाई जानकारी दिनुभयो । बालकको पुनर्मिलनप्रति परिवारजनले खुसी…
Read More
बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

झापा । बिश्वव्यापी प्रार्थना घरले आफ्नो छैटौं वार्षिक उत्सव झापाको शिवसताक्षी ११ झिलझिलमा एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। कार्यक्रममा झापा जिल्ला इसाई समाज महिला समितिका अध्यक्ष ममता रेग्मीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो, जसले बिश्वव्यापी प्रार्थना घरले आत्मिक एकताको सन्देश र निरन्तर प्रार्थनाले बिश्व रुपान्तरण भएको औंल्याए। कार्यक्रमका संयोजक निरु साम्सोहाङ्गले बिश्वव्यापी प्रार्थना घरलेको स्थापना, उद्देश्य र हालसम्मका गतिविधिबारे संक्षिप्त जानकारी गराइन्। यस प्रार्थना घरद्धारा १० वटा देशबाट जाडिएको र अझ अन्य देशहरुपनि जोडिने साम्सोहाङ्गको भनाइ थियो । उनले बिश्वव्यापी प्रार्थना घरले गरेको विविध आत्मिककार्य र भावी योजना पनि प्रस्तुत गरेकी थिइन्। प्रमुख वक्ता दार्जिलिङ्गबाट एलवी सुब्बाले…
Read More
प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दै

४ जेष्ठ २०८२, शनिबार, काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ। आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ। यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ। यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नेछन् ।…
Read More
भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ । ताजा घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए । जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहकाअनुसार ती २१ जनाको ज्यान गएको…
Read More
झापामा तीन दिवसीय पत्रकारिता सम्बन्धी एआई तालिम सम्पन्न

झापामा तीन दिवसीय पत्रकारिता सम्बन्धी एआई तालिम सम्पन्न

मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो। तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा…
Read More
तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

काठमाडौँ । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् । मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’
Read More
नयाँ पोपमा अमेरिकी कार्डिनल रोबर्ट प्रिभोस्ट निर्वाचित

नयाँ पोपमा अमेरिकी कार्डिनल रोबर्ट प्रिभोस्ट निर्वाचित

भ्याटिकन / भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन नयाँ पोपको निर्वाचन गरिएको छ। ६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्। उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन्। उनले आफ्नो लागि पोप लियो-१४ नाम रोजेका छन्। उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन्। सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो। मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो जसले नयाँ पोप चयन भएको संकेत गर्‍यो। नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए।…
Read More
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

इस्लामाबाद । भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ । पाकिस्तानले भनेको छ, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’ प्रधानमन्त्री शाहबाज शरीफले बुधबार पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् । अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे । उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भनाई छ । यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनले दाबी…
Read More
‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा पाण्डे विजेता घोषित भएका हुन् । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे प्रशेषले टीम खेम सेन्चुरीको समूहबाट प्रतिनिधित्वगरेका थिए। यस्तै कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।
Read More